Close This

लालबन्दी १ मा १५० वेडको क्वारेन्टाईन तयार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-९ गते   ५८५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ मा १ सय ५० वेडको क्वारेन्टाईन निर्माण भएको  छ । लालबन्दी नगरपालिका १ को कृर्षि सामाग्री कम्पनी लिमिटेडको भवनमा क्वारेनटाईन निर्माण भएकोे लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । 
नगरबासीको मागपछि शान्त तथा व्यावस्थीत र बस्ती भन्दा टाढा रहेको कृर्षि सामाग्री कम्पनी लिमिटेडको भवनमा नगर भित्रको एक मात्र क्वारेन्टाईन निर्माण गरी शंकास्पद मानसिहरुलाई राख्नेकाम नै सुर भई सकेको लालबन्दी नगरपालिका वडा वडा नम्बर ५ का वडा अध्यक्ष मोहनहरी भण्डारीले बताउनु भयो ।
१ सय ५० वेड क्षमताको क्वारेन्टाईन सोमबारबाट निर्माण सुरु गरिएको क्वारेन्टाईन मंगलबार,बुधबार र बिहीबार,शुक्रबार पनि शुद्ध पिउँने पानी,विजुली बत्ती,सुरक्षा,शौचालय,सरसफाई,सिसि क्यामेरा लगायत घेराबेराको काम सकेकोे लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती कुमारी लामाले जानकारी दिनु भयो ।

 नगरका विभिन्न स्थानमा होम क्वारेन्टाईन र अन्य क्वारेन्टाईनमा  बसेका ९ जना नागरीकहरुलाई शुक्रबार ९ जना क्वारेन्टाईनमा लगेर व्यावस्थापन गरिएको लालबन्दी नगर स्वास्थ्य शाखा सह संयोजक  सुरेन्द्र कुमार खतिवडाले जानकारीनु भयो । नगरका जनप्रतिनिधिहरु स्वास्थ्य शाखाका कर्माचारीहरु लगायतको निरन्तरको प्रयास पछि सफल्ता मिलेको नगरपालिकाले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech