सर्लाहीको लालबन्दी नगरपालिका १७ मा भएको २० वर्ष मुनीको जिल्लास्तरीय फुटबल प्रतियोगिताको अन्तिम खेल आज(आईतबार)एभरेष्ट लालबन्दी र द अनुप सेवा समाज बरहथवा आम्ने साम्ने हुँदै छन् ।
लालबन्दी नगरपालिका १७ स्थित रहेको महाकाली युवा क्लबको आयोजना तथा जिल्ला फुटबल संघ सर्लाहीको समन्वयमा जेठ ३ गते बिहीबारबाट सुरु भएको २० वर्ष मुनीको जिल्लास्तरीय फुटबल प्रतियोगिताको अन्तिम(फाईनल) खेलमा विजेता र उप विजेताका लागि एभरेष्ट एफसि लालबन्दी र द अनुप सेवा समाज बरहथवा आज आम्ने साम्ने हुँने जिल्ला फुटबल संघ सर्लाहीका उपा अध्यक्ष एवम महाकाली युवा क्लबका खेलकुद संयोजक विभुसिंह थापाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको बिहीबार भएको सेमिफाईनल खेलमा एन्जल एफसि हरिवनलाई पराजित गर्दै एभरेष्ट एफसि लालबन्दी र शुक्रबार भएको अन्तिम सेमिफाईनल खेलमा नव संघर्षशिल युवा क्बल हरिपुरलाई पराजीत गर्दै द अनुप सेवा समाज बरहथवा फाईनलमा प्रवेश गरेको हुन । “एकताबद्ध देश,खेलकुदको संदेश”भन्ने मुल नाराका साथ सर्लाही जिल्ला मै पहिलो पटक सुरु भएको २० वर्ष मुनीको जिल्लास्तरीय फुटबल प्रतियोगितामा जिल्ला भरीका २० वर्षमुनीका फुटबल खेलाडी भएका १८ वटा टिमले सहभागिता जनाएका थिए ।
जेठ ३ गते बिहीबारबाट सुरु भएको २० वर्ष मुनीको जिल्लास्तरीय फुटबल प्रतियोगितामा आयोजक महाकाली युवा क्लब,जनप्रिय युवा क्लब, एभरेष्ट एफसि लालबन्दी, द अनुप सेवा समाज बरहथवा,राधा कृष्ण युवा क्लब,बागमती फुटबल क्लब,आइडियल को एड एकेडेमी,श्रीसन सागरनाथ युथ क्लव,मिरमिरे युवा क्लब,जुटपानी युवा क्लव,सेरूची युवा क्लव,जन जागरण सामुदायिक युवा क्लव,अग्नेश्वर युवा क्लव,एन्जल एकेडेमी,बीर.एफ.सी.हरिवन,८ स्टार युवा क्लब लालबन्दी र कम्यूनिटि फुटबल एकेडेमी गरी जिल्ला भरका १८ वटा टिमको सहभागिता रहेको थियो ।
स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने साथै खेल क्षेत्रको प्रवद्र्धनका लागि भन्दै लालबन्दी नगरपालिका १७ रानिगंन्ज स्थित आयोजक महाकाली युवा क्लबको खेल मैदानमा जेठ ३ गते बिहीबारबाट सुरु भएको प्रतियोगिताको विजेता टिमलाई रु ३१ हजार एक सयका साथै शिल्ड,मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई रु २० हजार एक सयका साथमा शिल्ड र मेडल प्रदान गरिने आयोजकले जनाएको छ।