सर्लाहीको बागमती नगरपालिका ८ शंकरपुर स्थित रहेको साना किसान कृषि सहकारी संस्था लि.ले आफ्नो १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।मधेश प्रदेशका प्रदेश सभा सदस्य जवाहरलाल कुशबाहको प्रमुख आतिथ्यता एवम सरकारी संस्थाका अध्यक्ष भुपेन्द्रमान श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि सरकारीले आफ्नो १७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेकोे हो ।
सहकारीले आर्थिक वर्ष २०७९/०८० को आय/व्यय समेत सार्वजनिक गरेको छ। संस्थाले गत आ.व मा रु १ करोड ७५ लाख ४९ हजार २ सय १७ मुनाफा आर्जन गरेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले एक आर्थिक वर्षमा रु ८४ करोड २२ लाख ८१ हजार ७ सय १८ रुपैँयाँ ६ पैसा कूल कारोवार गरी रु १ करोड ७५ लाख ४९ हजार २ सय १७ रुपैँयाँ मुनाफा आर्जन गरेको बताए ।
प्राप्त मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई ६० लाख ५४ हजार ९ सय ७३ रुपैँयाँ ५७ पैसा लाभांश वितरण गरिने सरकारीको १७ औँ वार्षिकोत्सबको अबसरमा घोषणा गरिएको छ । सोल्टीमा प्रधान कार्यालय तथा बरहथवा र राजघाटमा सेवा केन्द्र रहेको सरकारीमा ३ हजार ४ सय ७६ जना शेयर सदस्यहरु रहेका छन् भने २ हजार ५ सय ६५ जना महिला सदस्यहरु र ९ सय ११ जना पुरुष सदस्यहरु रहेका सहरकारीले जनाएको छ ।
सरकारीको १७ औँ वार्षिक साधारण सभामा बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवाल,लालबन्दी नगरपालिकाका निवर्तमान नगर प्रमुख एवम सहकारी अभियान्ता मानबहादुर खड्का, केन्द्रिय कृषि सहकारी संघकी केन्द्रिय सदस्य अन्जु पौडेल,साना किसान लघुवित्त बित्तिय संस्थाका इलाका प्रबन्धक युवराज गैरे,सहकारी कर्मी जंगबहादुर महतो,कौशिल्या निरौला लगायतको उपस्थिति रहेको सहकारीले जनाएको छ ।
त्यसैगरी सहकारीले आफ्नो १७ औँ वार्षिक साधारण सभामा आफ्ना २० जना जेष्ठ शेयर सदस्यहरु सहित संस्थाका १÷१ जना कर्मचारी र संचालक समितीका सदस्यहरुका साथै २०८० को एसइइ परिक्षामा सर्वोत्कृष्ट अंक ल्याइ उतिर्ण भएका सेयर सदस्यहरुका छोराछोरीलाई समेत सम्मान गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।