कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन्।सिन्धुलीको साविक अरुणठाकुर गाविस ८ भई हाल दुधौली नगरपालिका १३ का केदार सिंह थापालाई कर्तव्य गरी फरार भएको २२ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सुर्य प्रकाश सुवेदीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका थापालाई कारगार चलान गरिएको छ।उनलाई जिल्ला अदालत सिन्धुलीले आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।२०६० पुष ६ गते राति धारिलो हतियार प्रयोग गरी सिन्धुलीको साविक अरुणठाकुर गाविस ८ भई हाल दुधौली नगरपालिका–१३ का ४५ बर्षिय रत्नबहादुर कार्की र उनकी श्रीमती ४५ बर्षिय दुर्गामाया कार्कीको हत्या गरेर थापा फरार भएपछि प्रहरीले उनको खोजी गरि रहेको थियो ।दाङको लमही नगरपालिका ९ जलकुण्डीमा लुकिछिपी बस्दै आएको अवस्थामा यही असार २३ गते उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।