Close This

जिल्ला इन्चार्जस्वा.वाग्लेको श्रदान्जली अर्पण प्रवक्ता श्रेष्ठ सर्लाही आउने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-२३ गते   ४६६ पटक हेरिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवत्ता नारायण काजी श्रेष्ठ आज सर्लाही आउनु हुने भएको छ । नेकपाका केन्द्रीय सदस्य एवम सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको श्रदान्जली अर्पण कार्यक्रममा सहभागी हुन प्रवक्ता श्रेष्ठ सर्लाही आउनु हुने भएको नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनु भयो । 
 विहिबार धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला इन्चार्ज स्वा. वाग्लेको शव पोष्टमार्टम पछि सर्लाही ल्याउने तयारी गरिएको बताउँदै  सर्लाहीको बागमती नदीको कर्मैर्या आर्यघाटमा शनिबार(आज) दिउँसो २ बजे श्रदान्जली अर्पण गर्न प्रवक्ता श्रेष्ठ आउनु हुने भएको सचिव बुढाथोकीले जानकारी दिनु भयो । 
‘२०७७ माघ २१ गते सर्लाहीको बरहथवामा भएको पार्टी जिल्ला कमिटीको बैठकमा अतिथि रहनु भएका उहाँले साँझ बरहथवामा नै भएको मसाल जुलुस पछिको कोण सभालाई सम्बोधन गर्नु भएको थियो, त्यसपछि सर्लाहीको बागमतीतर्फ जाने क्रममा साँझ करिब ९ बजे बरहथवा–नयाँरोड सडकको मूर्तिया जंगलमा उहाँलाई मृत अवस्थामा प्रहरीले भेटेको बताइएको छ ।’, ‘दुर्घटना भनिएपनि उहाँको मृत्यु रहस्यमय देखिएको छ, मोटरसाईकलको अगाडीको भाग क्षतविक्षत भएको, उहाँको हातगोडा बाहेकको शरिरमा चोटपटक नदेखिएको, खुट्टामा गहिरो चोट भएपनि पाईन्ट नच्यातिएको एवं रगत नदेखिएको, हेल्मेट र चश्मा जस्ताको तस्तै देखिएको आदि जस्ता शंकाष्पद् तथ्य देखिएको छ, ।
त्यस्तै स्व. वाग्लेको सम्मानमा विहिबारदेखि तीन दिनसम्म पार्टीको औपचारिक कार्यक्रम नराख्ने एवम पार्टी कार्यालयहरुमा झण्डा झुकाएर राख्ने लगायत कार्यक्रम समेत तय गरिएको नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले बताउनु भयो । साथै विहिबार अपरान्ह ४ बजे सर्लाहीको २० वटै स्थानीय तहमा पार्टीको स्थानीय कमिटीले शोक पुस्तिका खडा गरिएको र श्रद्धाञ्जली कार्यक्रम गरिएको कार्यक्रम पार्टीले तय गरेको थियो । प्रहरीले भने घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान भईरहेको जानकारी दिएको छ । 
बरहथबाबाट नयाँरोडतर्फ आउँदै गर्दा मूर्तिया चोकबाट केही सय मिटर उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा बुधबार राती ९ बजे लडिरहेको अबस्थामा स्वा.वाग्लेलाई स्थानीयले देखेका थिए । स्थानीयको खबर अनुसार प्रहरी घटनास्थल पुगेको थियो । लगतै प्रहरीले वाग्लेको शरिरलाई उठाएर पा्रथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारका लागि लगेको थियो । त्यहाँका चिकित्सकले मृत्त घोषणा गरेका थिए । प्रहरीका अनुसार वाग्ले ज. १० प ३२०६ नम्बरको मोटरसाईकलमा बरहथवाबाट नयाँरोडतर्फ आउँदै थिए ।
मोटरसाईकलमा उनी एक्लै भएकाले अझैपनि घटनाबारे एकिन थाहा हुन सकेको छैन । प्रहरीले भने कुनै जंगली जनाबरले बाटो काटेपछि तिब्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई पल्टिएको वा आफै लडेको हुनसक्ने अनुमान गरेको बताएको छ । ‘मोटरसाईकल र मृतकको अवस्था हेर्दा अर्को ठूलो सवारी साधनले ठक्कर दिएको जस्तो देखिँदैन’, सर्लाहीका प्रहरी प्रमुख प्रहरी  उपरीक्षक सन्तोष सिंह राठौरले बताउनु भयो । ‘तथापी घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं, पोष्टमार्टम रिपोर्ट पश्चात थप कुराहरु खुल्ने छ ।’उहाँले बताउनु भयो ।
५२ वर्षीय स्वा.वाग्ले २०४२ सालदेखि नै प्रगतिशिल विद्यार्थी आन्दोलनमा जोडिनु भएको थियो ।  उहाँ २०४५ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य तथा २०५२ मा तत्कालिन अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष हुनु भएको थियो । २०६४ सालमा तत्कालिन एकता केन्द्र मसाल राम सिंह समूहको केन्द्रीय सदस्य बनेका स्वा.वाग्ले एकता पछि तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य हुँदै देशको बाम प्रजातान्त्रिक आन्दोलनमा क्रियाशिल रहनु भएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता पश्चात बनेको नेकपामा केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्जको रुपमा क्रियाशिल स्वा.वाग्ले संसद् विघटन प्रकरण पश्चात सत्ताधारी नेकपामा आएको विवादसँगै प्रचण्ड–नेपाल समूहमा आवद्ध रहेर आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनु भएको थियो । स्वा.वाग्लेका श्रीमती र दुई छोरा छन्। सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिघा घर भएका स्वा.वाग्ले परिवारसहित महोत्तरीको बर्दिबास बस्दै आएका थिए । उहाँका जेठा छोरा जर्मनीमा थिए भने अर्का छोरा नेपालमै छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech