Close This

जनयुद्धका महान शहिद स्वा. श्रेष्ठको २३ औँ स्मृति दिवश सिन्धुलीमा सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-४ गते   २९२८ पटक हेरिएको

जनयुद्धका सहिद महेन्द्र श्रेष्ठको २३ औ स्मृति दिवस सिन्धुलीमाढीमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । सहिद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसन र अनेरास्ववियू (क्रान्तिकारी)सिन्धुलीको संयुक्त आयोजनामा सहिद श्रेष्ठको २३ औँ स्मृति दिशव मनाईएको अनरास्ववियू (क्रान्तिकारी)सिन्धुली संगठन विभाग इन्चार्ज हेम कार्की(प्रकाश)ले जानकारी दिनुभयो ।
नेकपा(माओवादी केन्द्र)बाग्मती प्रदेश स– ईन्चार्ज सुर्य सुबेको प्रमुख आतिथ्य तथा सहिद श्रेष्ठकी जीवन संगीनी निर्मला श्रेष्ठको अध्यक्षत्तामा जनयुद्धका सहिद श्रेष्ठको २३ औ स्मृति दिवस मनाईएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सुवेले जनयुद्धकालमा सैन्य तालिम लिन हालका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) र स्वा.श्रेष्ठलाई पार्टीले भारत पठाएको स्मरण गराउनु भयो ।  उहाँले महान् जनयुद्धका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने एक क्रान्तिकारी योद्धा स्वा.श्रेष्ठलाई तत्कालीन शासकहरुले वि.सं.२०५५ असोज ४ अर्थात आजकै दिन तत्कालीन उदयपुरको खोक्सामा निर्मम र कायरतापूर्ण तबरले हत्या गरेको बताउनु थियो ।
 सिन्धुलीको भद्रकाली गाबिस १, अमलेमा वि.ंसं.२०२६ असार ६ गते जन्मिनु भएका स्वा.श्रेष्ठको आन्दोलन कै क्रममा २०५५ साल असोज ४ गते, आजकै दिन तत्कालीन गृहमन्त्रीको ठाडो आदेशमा उदयपुरको खोक्सामा निर्मम र कायरतापूर्ण तबरले हत्या गरेको थियो ।
नेकपा(माओवादी केन्द्र) सिन्धुलीका जिल्ला इन्चार्ज दाहालले अहिले सबै उपलब्धि तिनै सहिदहरुको बलिदानबाट प्राप्त भएका कारण ती सहिदको सपना पूरा गर्दै समाजवाद प्राप्त गर्न माओवादी केन्द्र प्रतिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथिहरु बागमती प्रदेश अध्यक्ष नारायण दाहाल, केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज राजन दाहाल(लेखनाथ), सहिद तथा वेपत्ता फाउन्डेसनका केन्द्रिय अध्यक्ष नवीन पोखरेल, माओवादी केन्द्र जिल्ला संमन्वय समिति सिन्धुलीका संयोजक रामकुमार पौडेल, वेपत्ता परीएका चित्र नारायण श्रेष्ठकी जीवन संगीनी साबित्रा श्रेष्ठ, सिन्धुलीका महान सहिद परिवारजनहरुको लगायतको उपस्तिथि रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech