जन्मोत्सव तथा वैवाहिक वर्षगाँठमा खर्च हुने पैसा विद्यालयको अक्षय कोषमा

561 Shares

सर्लाहीको बागमती नगरपालिका २ धरहरास्थित रहेको जनबाल कल्याण माध्यामिक विद्यालयको विकासका लागि स्थानीय,सामाजिक व्यक्तित्व,पूर्वविद्यार्थीलगायतले विभिन्न अवसरमा हुने खर्च कटाएर विद्यालय विकास कोषमा जम्मा गर्न सुरु गरेका हुन्।विद्यालयले गत मंसिर १ गते“बृहत् श्री जनबाल कल्याण माध्यमिक विद्यालय विकास अक्षयकोष” स्थापना गरेरत्यसरी आउने सहयोगहरुलाई अक्षय कोष मार्फत संकलनको काम भई रहेको विद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले जानकारी दिए ।
उनका अनुसार अक्षय कोष स्थापना गरेको एक महिनाको अवधिमा रु एक लाख ३० हजार पाँच सय सात संकलन भएको छ ।आन्तरिक आयस्रोतको राम्रो व्यवस्था नभएकाले सामाजिक सहकार्यमा विद्यालयको शैक्षिक सुधार प्रयास गर्न भन्दै स्थापना गरिएको अक्षय कोषमा जन्मोत्सव र वैवाहिक वर्षगाँठ लगायतका कुनै उत्सवहरुमा खर्च हुने रकम विद्यालय विकास कोषमा जम्मा हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर बोहोराले बताए ।
उनका अनुसार बृहत् राशिको कोष बनाउने र कोषको मूल रकम यथावत राखेर त्यसको ब्याजबाट विद्यालयले बर्सेनि विभिन्न विद्यालय विकास तथा शैक्षिक गुणस्तर सुधारका काम गर्ने साथै विद्यालयको विकासमा टेवा पुग्ने छ।यसले एकातर्फ विद्यालयलाई आर्थिक सहयोग बढ्ने र अर्कातर्फ अभिभावक तथा समाजको प्रत्यक्ष लगानीसँगै चासो बढ्ने र अर्काे तर्फ विद्यालयको सिकाइ सुधारमा पनि क्रमिक सुधार हुँदै आएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बोहराले बताए।
नेपाली रअंग्रेजी दुवै माध्यमबाट पठनपाठन सुरुभएपछि विद्यार्थीको संख्या पनि दोब्बरले बढेको साथै विद्यालय प्रति अभिभावकहरुको पनि आकर्षण बढेको बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले बताए ।उनकाअनुसार विद्यालयले बालबालिकालाई नैतिक आचरणसहितको व्यावहारिक शिक्षामा जोड्न विभिन्न सीपमूलक तालिम पनि सञ्चालन गर्ने गरेको साथै सिमेन्टको गमला उत्पादनलगायत सीपमा बालबालिका निपूर्ण रहेका छन् ।

सम्बन्धित समाचार