यातायात सेवा कार्यालय बर्दिवासबाट करिब २६ करोड राजस्व सङ्कलन

1.9k Shares

मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासले आर्थिक वर्ष २०७८÷०७९ मा रु करिब २६ करोड राजस्व सङ्कलन गरेको छ । यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासले आर्थिक वर्ष २०७८÷०७९ मा रु २५ करोड ६३ लाख ३२ हजार ८ सय ७० राजस्व सङ्कलन गरेको हो ।
सवारी करबाट रु १९ करोड ४ लाख १५ हजार ८ सय ३५ र सवारीचालक अनुमतिपत्र तथा सवारी दर्ता किताब सम्बन्धी दस्तुर रु ४ करोड ७९ लाख ३१ हजार ७ सय ४७ गरी कार्यालयले आर्थिक वर्ष २०७८÷०७९ मा रु २६ करोड ६३ लाख १५ हजार ७ सय ७० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख पोषण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा आयकर रु ८८लाख ७३ हजार ९ सय ३२ छ  भने कार्यालयको आर्थिक वर्ष २०७८÷०७९ मा आम्दानी रु ९० लाख ९४ हजार २ सय ५६ रहेको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा नवीकरणबाट रु २० करोड १५ लाख ८४ हजार ८ सय १७ तथा राजस्व सङ्कलन भएको कार्यालयका सुचना अधिकारी दिलिप थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा  नयाँ सवारी दर्ताबाट रु ४४ लाख ३० हजार ३ सय राजस्व सङ्कलन भएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा सवारी करबाट रु २० करोड १५ लाख ८४ हजार ८ सय १७ र सवारीचालक अनुमतिपत्र तथा सवारी दर्ता किताब सम्बन्धी दस्तुर रु २ करोड ५३ लाख ९२ हजार ६ सय २५ गरीकुल रु २० करोड १५ लाख ८४ हजार ८ सय १७ राजस्व सङ्कलन गरेको थियो ।
आर्थिक वर्ष २०७७÷०७८ मा २ सय ७ वटा सवारी साधनलाई सडक ईजाजत पत्र दिएको कार्यालयले आर्थिक वर्ष २०७८÷०७९ मा २ सय ८ वटा सवारी साधनलाई सडक ईजाजत पत्र दिएको छ । आर्थिक वर्ष २०७७÷७८ को भन्दा आर्थिक वर्ष २०७८÷०७९ मा रु ५ करोड ४७ लाख ४८ हजार ५३ बढी राजस्व सङ्कलन भएको हो ।
यस्तै आव २०७८÷०७९ मा ३ हजार ८ सय ८० वटा मोटरसाइकल, ४३ वटा ट्र्याक्टर, १ सय ४१ वटा टेम्पो÷इ–रिक्सा, भेन,जिप कार तथा साना सवारी साधनहरु १ सय ८१ वटा र ठूला तथा मझौँला सवारी साधनहरु ३ सय ५५ वटा नयाँ सवारी साधन दर्ता भएको सुचना अधिकारी थापाले जानकारी दिनुभयो । 
सो आवमा ७ हजार ६ सय १८ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको थियो भने १ सय १७ वटा सवारी चालक अनुमती पत्रको प्रतिलिपि वितरण गरिएको छ । त्यस्तै ३ हजार सवारी साधन नवीकरण गरिएको कार्यालयले जनाएको छ । मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई नवीकरणमा लाग्ने जरिवाना छुट दिनु,नयाँ सवारीसाधनको दर्ता बढ्नु र कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले आव २०७८÷०७९ मा राजस्व सङ्कलन उल्लेखनीय बढेको कार्यालय प्रमुख थापाको भनाइ छ ।
 

सम्बन्धित समाचार