मधेश प्रदेशका जिल्लाहरुका ४ सय ६४ किलोमिटर छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेको छ ।मधेश प्रदेशका ८ जिल्लाका गरी भारतसंग ४ सय ६४ किलोमिटर छिमेकी देश भारतसंग रहेका खुल्ला सिमानामा हरेक ३ देखि ४ किलो मिटरको दुरीमा सिमा सुरक्षा गर्न भन्दै शसस्त्र प्रहरीका बोर्डर आउट पोष्ट(बिओपी) तथा प्रस्तावित सिमा सुरक्षा गुल्महरु राखिएका छन् ।
विच विचमा नेपाल प्रहरीका अस्थायी प्रहरी पोष्टहरु,सिमा प्रहरी चौकीहरु र इलाका प्रहरी कार्यालयहरु राखिएका छन् । सिमानाकाका कारण हुने गैर कानुनी र अपराधिक गतिविधिहरु नियन्त्रण गर्न भन्दै राखिएका शसस्त्र प्रहरीका बोर्डर आउट पोष्ट(बिओपी) तथा प्रस्तावित सिमा सुरक्षा गुल्महरुका साथै नेपाल प्रहरीका युनिटहरुमा खटिने सुरक्षाकर्मी कर्माचारीहरु आफैँमा जिम्मेवार नबन्दा खुल्ला सिमानाको फाईदा भन्सार छली चोरी तस्करी गर्नेहरुले मात्र नभई लागु औषध तथा हातहतियारको प्रयोगकर्ताहरुले पनि लिएका अनुसन्धानबाट खुलेको छ ।
मधेश प्रदेशका सबै जिल्लामा व्यावसायीक शसस्त्र प्रहरी उपरिक्षकलाई गणपति बनाएर शसस्त्र प्रहरी प्रधान कार्यालयले पठाएको र बाहिनी पतिमा पनि शसस्त्र प्रहरीका भविष्यका आइजिपीलाई बाहिनी पति बनाएर पठाइएको भएपनि शसस्त्र प्रहरीका आईजिपी राजु अर्यालले अपेक्षा गरे अनुसार मधेश प्रदेशका जिल्लाहरुमा रहेका शसस्त्र प्रहरी युनिटहरुले उल्लेख्य र प्रभावकारी काम गर्न नसकेको पाइएको छ ।
मधेश प्रदेशका जिल्लाहरुबाट नेपाल प्रवेश गरेको लागु औषध,कपडा तथा चिनी र किरानाका सामानहरु बागमती प्रदेशको हेटौँडा तथा सिन्धुलीमा प्रहरीले नियन्त्रणमा लिएपछि मधेश प्रदेशका जिल्लाहरुका साथै सिमानामा खटिएका सुरक्षाकर्मीहरु पनि कमिसन असुलीमा व्यस्त छन् भन्ने प्रमाण अरु जुटाउनु नपर्ला ।
कोशी प्रदेशको सुनसरीको सिमाना देखि बागमती प्रदेशको मकवानपुरको सिमाना सम्म शसस्त्र प्रहरीका ७२ वटा युनिट छन् भने नेपाल प्रहरीका करिब ९० वटा प्रहरी युनिटहरु रहेका छन् । तरपनि मधेश प्रदेश कै जिल्लाका सिमानाहरुबाट अवैध तरिकाबाट नेपाल प्रवेश गरेका भन्सार छली र चोरी पैठारीका सामानहरु पुर्व पश्चीम महेन्द्र राजमार्ग हुँदै मकवानपुरको हेटौँडा र विपी राजमार्ग हुँदै सिन्धुली पुगेपछि प्रहरीले नियन्त्रणमा लिनु मधेश प्रदेशका शसस्त्र प्रहरी अधिकारीहरु र नेपाल प्रहरी अधिकारीहरुको मिलेमतो सहजै भन्न सकिन्छ ।
तथापी पनि पहिलाको तुलनामा मधेश प्रदेशका सिमानाहरुबाट हुने गतिविधिहरुमा सुधारात्मक परिवर्तन भने नभएको होइन् । तथापी पनि बाहिर सुधाररात्मक परिवर्तन देखाउने र भित्र भित्र सुरक्षाकर्मीहरु कमिसन असुल्ने काममा व्यस्त रहेका छन् । सिमाना रहेका सुरक्षाकर्मीहरुले चाहेको खण्डमा सामान्य मात्र नभई उल्लेख्य सुधार हुन्छ नै तर कमिसनमा मस्त हुँदा शसस्त्र प्रहरीका आईजिपी अर्यालले अपेक्षा गरे अनुसार मधेश प्रदेशका जिल्लाहरुको अवस्थामा सुधार हुन सकेको छैन् ।
सिमानामा रहेका बिओपी,प्रस्तावित सिमा सुरक्षा गुल्महरुका साथै प्रहरीका युनिटहरुले असुली त चलाएका छन् नै सिमानाका भन्दा भित्र रहेका बेशहरुले पनि असुली चलाएका पाइएको छ ।
सर्लाहीको शसस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मनुष्मारा त्यस मध्यको एक उद्धाहरण हो ।वेश मनुष्माराका शसस्त्र प्रहरी प्रमुख एवम शसस्त्र प्रहरी निरिक्षक शुभाष भट्टराईले हरिवन र बरहथवा लगायतका क्षेत्रका व्यापारीहरुसंग चर्काे कमिसन असुल्ने गरेका केही प्रमाणहरु फेला परेका छन् भने शसस्त्र प्रहरी प्रहरी वल नेपाल नम्बर ५ हे.क्वा.गण उदयपुर दरबन्दी भएका शसस्त्र प्रहरी निरिक्षक श्यामबाबु यादवले पनि आफ्ना शसस्त्र प्रहरीका कर्माचारीहरु मार्फत चर्काे कमिसन असुलेका पाइएको छ ।
शसस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मनुष्मारा वेशका वेशपति शसस्त्र प्रहरी निरिक्षक भट्टराईले विनोद किराना,श्याम महतो,हिरा महतो,गुड्डु महतो,अशोक,विनोद,श्याम,राजेश ठाकुर,ओम,विटीवाला,पवन,मानकी,राम बौलक,भुषण,सुबोध,मुन्ना,राम जनम,अरुण,फौश्री र मनोज कापर लगायत २१ जना व्यापारीहरुसंग कपडा,मलखाद,चिनी,कुखुराका चल्ला तथा किरानाका सामानहरु ओसार पसार वापत कमिसन असुल्ने गरेका पाइएको छ ।उनले साउन १२÷१३ गते तिर गुड्डु महतोसंग रु २५ हजार कमिसन असुले पछि उनको असुली धन्दा बाहिरिएको हो ।
यता,उदयपुर दरबन्दी भई काजमा शसस्त्र प्रहरी वल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीमा रहेको शसस्त्र प्रहरी निरिक्षक यादवले शसस्त्र प्रहरी प्रहरी वल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरिक्षक तुल बहादुर भण्डारीको मन जितेर आफ्ना कर्माचारीहरु टंक अधिकारी,श्याम पंडित,सुरेन्द्र महतो,रोशन यादव र सुनिल कुमार भट्टराईलाई जिल्लाका विभिन्न बिओपी,बेस तथा प्रस्तावित सिमा सुरक्षा गुल्महरुमा पठाएर उनीहरु मार्फत कमिसन असुल्ने गरेका एक शसस्त्र प्रहरी कर्माचारीले नै बताए ।
त्यसैगरी शसस्त्र प्रहरी नायव उपरिक्षक मनोज चन्द व्युरोबाट अनुसन्धान गर्न खटिएको भन्दै सर्लाहीमा आएर शसस्त्र प्रहरी जवान राममंगल यादव मार्फत कमिसन असुलीमा लागेका छन् । शसस्त्र प्रहरी जवान यादव हाल सिन्धुलीमा कार्यरत रहेका भएपनि समय समयमा सर्लाही आएर कमिसन असुली शसस्त्र प्रहरी नायव उपरिक्षक चन्दलाई बुझाउने गरेका शसस्त्र प्रहरी कर्माचारीहरु कै भनाई छ ।