महेन्द्र स्काउट ट्रपले आगोलागीबाट हुने क्षति तथा जोगिने उपायका बारेमा प्रदर्शन

गणेश खड्का    प्रकाशित: २०८०-५-१३ गते   १७३२ पटक हेरिएको

 

सर्लाहीको बागमती नगरपालिका ११ स्थित रहेको श्री ५ महेन्द्र जनता माविको महेन्द्र स्काउट ट्रपले आगोलागीबाट हुने क्षति तथा त्यसबाट जोगिने उपायका बारेमा प्रदर्शन गरेको छ ।
महेन्द्र स्काउट ट्रपले आगोलागीबाट हुने क्षति तथा त्यसबाट जोगिने उपायका बारेमा प्रदर्शन सहित एक दिने तालिम सम्पन्न गरेको डिएमटी सहजकर्ता रन्जना मग्रातीले जानकारी दिईन् ।

उनका अनुसार ८७ जना विद्यार्थीहरुको सहभागीमा प्रदर्शन तथा एक दिने तालिम सम्पन्न गरिएको हो ।तालिममा आगोलागीबाट हुने क्षति तथा त्यसबाट जोगिने उपायका साथै कुनै स्वास्थ्य सम्बन्धी समस्या देखा परेमा तत्कालै गर्न सकिने प्राथमिक उपचारका बारेमा जनाकारी गराइएको बागमती नगरपालिका ११ स्थित रहेको श्री ५ महेन्द्र जनता माविका प्रधानाध्यापक एवम महेन्द्र स्काउटका संरक्षक नवकिरण श्रेष्ठले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech