Close This

राष्ट्रिय सभाका उम्मेदवारहरुलाई दाया बाया नगरी मतदान गर्न पुर्व प्रधानमन्त्री नेपालको आग्रह 

रासस    प्रकाशित: २०७६-१०-१ गते   ७८१ पटक हेरिएको

 पुर्व प्रधानमन्त्री नेपाल

घाम चर्कीएर गर्मि भयो भने छाता ओडेर न्यानो पार्न  खडा भएका राष्ट्रिय सभाका उम्मेदवारहरुलाई दाया बाया नगरी मतदान गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ट नेता तथा पुर्व प्रधानमन्त्री माधब कुमार नेपालले आग्रह गर्नु भयो।  जेवी टुहुरेको  निरन्तरता भाग ४ कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही आउनु भएका नेता नेपालले यस्तो बताउनु भएको हो ।
उहाले देशभक्तिको भावना सहित  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपाको संयुक्त गठबन्धनबाट खडा भएका ४ जना उम्मेदवारलाई आफ्ना मतदाताहरुले दाया वाया नगरि मतदान गर्न र जिताएर  सामाजिक,सास्कृतिक तथा आर्थिक रुपमा परिवर्तन ल्याउन सहयोग गर्नपनि पुन आग्रह गर्नु भएको छ । यहि माघ ९ मा हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नम्बर २ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट राधेश्याम पासवान र तुलसा दाहाल साथै राजपाबाट मृगेन्द्र कुमार सिंह यादव र शेखर कुमार सिंहगरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपाको संयुक्त गठबन्धनबाट ४ जना चुनावी मैदानमा रहेका छन ।
उहाले सामाजिक,सास्कृतिक तथा आर्थिक परिवर्तनमा गीतसंगीतको ठुलो महत्व रहेको र जेवी टुहुरेले पञ्चायतीकाल देखि नै सामाजिक,सास्कृतिक तथा आर्थिक परिवर्तन ल्याउन  गीतसंगीतको यात्रामा लाग्नु भएको नेपाल कम्युनिष्ट पार्टीका वरिष्ट नेता तथा पुर्व प्रधानमन्त्री नेपालले बताउनु भयो । साथै सामाजिक,सास्कृतिक तथा आर्थिक परिवर्तन ल्याउन बाकी रहेका कारण हालका जनप्रतिनिधिहरु तथा अब हुन गई रहेको राष्ट्रिय सभाबाट आएका जनप्रतिनिधिहरुले त्यो पुरा गर्नु पर्ने बताउनु भयो। उहाले पञ्चायतीकाल विरुद्ध राजनीतिक सिद्धान्तलाई सार्थक बनाउन गीतसंगीतको रुपमा परिमार्जन गरि नेपाली राजनीतिमा परिवर्तन ल्याउने अरु जेवी टुहुरे जन्मीनु आवश्यकता रहेको पनि बताउनु भयो। 
सर्लाहीको हरिवन नगरपालिका ५ मा रहेको चेतना सन्देश नेपालद्धारा सञ्चालीत द्धन्द्ध पीडित बालगृहमा मंगलबारबाट सुरु भएको चौतारी साझ कार्यक्रमलाई सम्बोधन गर्न बुधबार सर्लाही आउनु भएका पुर्व प्रधानमन्त्री नेपाल र श्रम रोजगार तथा सामाजिक सुरक्ष मन्त्री रामेश्वर राय यादव समक्ष उखु किसानहरुले आफुहरुको उखुको बाकी बक्यौता नपाएको गुनासो गरेका थिए । जन्ताको विश्वास ईमान्दारीताका साथ पुरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा श्रम रोजगार तथा सामाजिक सुरक्ष मन्त्री रायले प्रतिवद्धता जनाउनु भएको हो। 
जेवी टुहुरे फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य बेची लुंगेली,डिल्ली प्रसाद उप्रेती, राष्ट्रिय सभाका उम्मेदवारहरु तुलसा दाहाल,राधेश्याम पासवान,सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनराज जिसी, सबै नगरपालिका तथा गाउँ पालिकाका प्रमुख तथा उप प्रमुखहरुका साथै पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech