Close This

नेकपा बागमती नगर कमिटिद्धारा बागमती नगरपालिकालाई करिब ३ लाख नगद सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-६ गते   ३०३ पटक हेरिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती नगर कमिटीले बागमती नगरपालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ  नेकपा नगर कमिटिले नगरभित्र सक्रिय क्रियाशील सदस्यबाट संकलन गरेर नगरपालिकालाई २ लाख ६४ हजार ७ सय ८० रुपैँया नगद प्रदान गरेको नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनु भयो । संकलीत रकम नेकपा नगर कमिटिले बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापालाई हस्तान्तरण गरेको जनाएको छ ।
नेकपाका केन्द्रीय सदस्यहरु प्रल्हाद बुढाथोकी, अच्यूतम काफ्ले, बद्री न्यौपाने, जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य डाचाराज वाग्ले, जिल्ला सचिव कमल बुढाथोकी, प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रती लगायतको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको नेकपा बागमती नगर कमिटीले जनाएको छ । नेकपा सर्लाहीले जिल्लाका विभिन्न स्थानिय निकायहरुलाई खाद्यान्न तथा नगद सहयोग प्रदान गरि रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech