Close This

सर्लाही सहित मधेश प्रदेशका चार प्रहरी उपरिक्षकको काज सरुवा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-४ गते   १८१ पटक हेरिएको

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले देशभरका २३ जना प्रहरी उपरिक्षकहरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले सोमबार २३ जना प्रहरी उपरिक्षकहरुको काज सरुवा गरेको हो । 
आवश्यकता अनुसार काज खटाउनु पर्ने भएकोले अर्को आदेश नभएसम्मको लागि २३ जनाप्रहरी उपरिक्षकहरुलाई काज खटाइएको उनिहरूलाई खटिएको स्थानमा हाजिर हुन पठाउन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ ।
काज सरुवा भएका  २३ जना प्रहरी उपरिक्षकहरु मध्य मधेश प्रदेशका चार जना प्रहरी उपरिक्षकहरु पनि परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेल,जिल्ला प्रहरी कार्याय पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत,जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक वसन्त रजैरे र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय,पथलैया,बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदी,जिल्ला प्रहरी कार्याय पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल साह,जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्वराज खड्का र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय,पथलैया,बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष कुमार भट्टराईलाई काजमा खटाईएकोे प्रहरी प्रधान कार्यालयका प्रवक्ता दान बहादुर कार्कीले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech