सर्लाहीको चक्रघट्टमा जसपाका उम्मेदवार विजयी, निवर्तमान अध्यक्ष यादव तेस्रो हुँदै पराजित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-५ गते   १२३७ पटक हेरिएको

सर्लाहीको चक्रघट्टा गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा)ले जित निकालेको छ । चक्रघट्टा गाउँपालिका अध्यक्षमा जसपाका कृष्णकुमार यादव विजयी भएका छन् । यादवले २ हजार ३ सय ९४ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार रामजी साह तेलीलाई पराजित गरेका हुन् । यादवले ५ हजार ९ सय १५ मत प्राप्त गर्दा, उनको निकटतम प्रतिस्पर्धी तेलीले ३ हजार ५ सय २१ मत मात्र प्राप्त गरेका हुन ।
यस्तै, उपाध्यक्षमा जनता समाजवादी पार्टीकी उम्मेदवार मीनादेवी राय विजयी भएकी छन् । रायले २ हजार ५५ मतान्तरले निकटतम प्रतिस्पर्धी विमला जयसवाललाई पराजित गरेकी हुन । रायले कुल ५ हजार ८ सय १५ मत प्राप्त गर्दा जयसवालले ३ हजार ७ सय ६० मत प्राप्त गरेकी हुन ।
यस्तै नेकपा(माओवादी केन्द्र)वाट उम्मेदवारी दिएका निवर्तमान गाउँपालिका अध्यक्ष बिक्रम यादव र उपाध्यक्ष सजरा खातुन तेस्रो हुँदैपराजित भएका छन् । अध्यक्षका उम्मेदवार यादवले २ हजार १ सय ४४ मत प्राप्त गरे भने उपाध्यक्षकी उम्मेदवार खातुनले १ हजार ९ सय ३६ मत प्राप्त गरेकी हुन ।
गाउँपालिकाको धेरै वडा पनि जसपाले जितेको छ । जसपाबाट वडा नम्बर ३ मा दिनेशकुमार साह, ५ मा नागेन्द्रप्रसाद साह, ६ मा राजेशकुमार यादव, ७ मा नवीनकुमार राय, ८ मा रामकैलाश राउत र ९ मा विजयकुमार यादव विजयी भएका छन् । वडा नम्बर १ मा माओवादी केन्द्रका रामसुरेश राय, २ नम्बरमा माओवादी केन्द्रकै विनोदकुमार राय र ४ मा नेपाली कांग्रेसका फैयाज अहमद विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech