Close This

जिल्लाकै लामो झोलुङ्गे पुल निर्माण सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-६ गते   ७१२ पटक हेरिएको

सिन्धुलीको मरिण गाउपालिका ३ मा जिल्लाकै सबै भन्दा लामो झोलुङ्गे पुल बन्ने भएको भएको छ ।
मरिण गाउँपालिका वडा नम्बर ३ को भालुमारा र वडा नम्बर २ को सिन्धुरे दोभान जोड्ने ५६५ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु गरिएको मरिण गाउँपालिका ३ का वडा अध्यक्ष तथा मरिण गाउँपालिकाका प्रवक्ता विमर्श मोक्तान(प्रख्यात)ले जानकारी दिनु भयो ।
संघिय सरकारको ४ करोड १६ लाखको लगानीमा  निर्माण हुने पुलको २०७६ साल चैत्रमा सम्झौता भएको हो । २ वर्षभित्रमा सकाउने गरि उमाथानी (जेभि) निर्माण कम्पनीले ठेक्का लिएको प्रवक्ता प्रख्यातले बताउनु भयो । 


मरिण खोलमा पुल नहुँदा स्थानियबासीलाई वर्षाको समयमा आवत जावत गर्न समस्या भएको अवस्थालाई मनन गर्दै संघिय सरकारले पुल निर्माणका लागि ४ करोड १६ लाख रकमको व्यावस्था गरेको हो ।सो क्षेत्रमा पुल बनेपछि मरिण गाउँपालिकाको वडा नम्बर २ र ३ का स्थानियबासीलाई थप सहज हुने मरिण गाउँपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech