सर्लाहीका सीमाक्षेत्रमा दिनहुँ तस्करी,हजारौं केजी चाइनिज स्याउ भारतमा पक्राउ

211 Shares

सर्लाहीका विभिन्न नाकाहरुबाट अवैध तरिकाले निकासी भएको ठूलो मात्राको चाईनिज स्याउ भारतिय सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएपछि सर्लाहीका सीमानाकाहरुबाट सुरक्षाकर्मीहरुको मिलेमतोमा भन्सार छलीको सामान ओसार पसार हुने गरेको रहस्य बाहिरिएको छ। ठूलो मात्राको चाईनिज स्याउ भारतिय सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएपछि सर्लाहीका नाकाहरुबाट कसरी ठूलो मात्रामा चाईनिज स्याउ भारत प्रवेश गर्यो भन्ने प्रश्न सृजना भएको छ ।जिल्लाको संग्रामपुर,नारायणपुर ,पर्सा,त्रिभुवननगर,मलंगवा, भाँडसर,सिमरा,मधुवनी र अर्नाहा लगायतका नाकाहरूबाट दैनिक रूपमा लाखौंका सामान नेपाल भारतबीच तस्करी हुने गरेको रहस्य बाहिरिएको हो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ५१ औँ बटालियनले हनुमाननगर नाकामा ठूलो परिमाणमा तस्करी सामान नियन्त्रणमा लिएको छ। एसएसबीको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा तीन हजार पाँभ सय १५ केजी चाइनिज स्याउ सहित दुई वटा महिन्द्रा पिकअप गाडी नियन्त्रणमा लिएपछि उत्त परिमाणको चाइनिज स्याउ कसरी भारतिय बजारमा पुग्यो भन्ने विषयमा सर्लाहीका सुरक्षा निकासहरुसंग प्रश्न सृजना भएको हो ।नियन्त्रणमा लिइएको स्याउ र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि भारतस्थित सोनवर्सा भन्सार कार्यालयमा बुझाइएको भारतीय सीमा सुरक्षा बल(एसएसबी)को ५१ औँ बटालियनले हनुमाननगरले जनाएको छ।स्रोतका अनुसार यस प्रकारका गतिविधिहरुबाट सीमाक्षेत्रमा संगठित रूपमा तस्करी धन्दा सञ्चालन भइरहेका छन् भन्ने प्रष्ट हुन्छ।केही सुरक्षाकर्मीहरूले तस्करहरूलाई “लाइन”दिएर हप्ता  तथा महिना वारी रकम संकलन गर्ने र सम्बन्धित निकायसम्म पु¥याउने गरेको आरोप छ।जसका कारण जिल्लामा तस्करी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको स्रोतको दाबी छ ।
जसबाट सीमावर्ती क्षेत्र फेरि एकपटक विवादको दलदलमा फसेको छ।सीमा सुरक्षाको जिम्मेवारी बोकेका सुरक्षाकर्मीहरु नै तस्करीको जालोमा जोडिएको गम्भीर आरोप सार्वजनिक भएपछि सुरक्षा संयन्त्रमाथि नै ठूलो प्रश्न चिन्ह खडा भएको हो ।सर्लाहीका सीमानाकाहरुमा रहेका सुरक्षा निकायका कार्यालयहरुबाट खटिने मात्र नभई मधेश प्रदेश प्रहरी कार्यालयबाट समेत घुमुवा परिचालन गरेर रकम असुली चलाउँदा तस्करी मौलाएको स्रोतको आरोप छ ।

सम्बन्धित समाचार