डिभिजन वन कार्यालय सर्लाहीले सुरु गर्यो निःशुल्क दाउरा वितरण

506 Shares

डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले शीतलहर तथा अत्याधिक चिसोलाई मध्य नजर गर्दै निःशुल्क दाउरा वितरण सुरु गरेको छ।पछिल्ला दिनहरुमा अचानक बढेको चिसो तथा शीतलहरलाई मध्य नजर गर्दै सेवाग्राहीहरुको भीडभाड हुने कार्यालयहरूमा निःशुल्क दाउरा वितरण सुरु गरिएको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले जानकारी दिए ।उनका अनुसार सेवाग्राहीहरुको अत्याधिक भिडभाड हुने अस्पताल,कारागारका साथै विपन्न तथा गरीब दलितबस्तीहरु तथा मठ मन्दिर लगायतका स्थानहरूमा निःशुल्क दाउरा वितरण सुरुगरिएको हो ।

d2.jpg
सव डिभिजन वन कार्यालयहरुका साथै सामुदायिक र साझेदारी वनहरुमा घाटगद्दीमा रहेका दाउरा डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीले खरिद गरेर निःशुल्क रुपमा भिडभाड हुने ठाउँहरुमा बाँड्न सुरु गरिएको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीका सहायक वन अधिकृत हिरोहित चौधरीले जानकारी दिए।उनका अनुसार वन पैदावार आपुर्ति समितिमा रहेको करिब साढे १२ चट्टा दाउराको राजश्व र संकलन शुल्क डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले तिरेर नागरिकहरुको भिडभाड हुने स्थानहरुमा निःशुल्क वितरण सुरु गरिएको हो ।
चिसो तथा शीतलहरलाई मध्य नजर गर्दै नागरिकहरुलाई थोरै भए पनि राहत पुगोस भनेर निःशुल्क दाउरा वितरण सुरु गरिएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ।सव डिभिजन वन कार्यालय र सामुदायिक तथा साझेदारी वन क्षेत्रबाट संकलन भएर घाट गद्दीमा रहेको दाउरा अन्यन्त्र बिक्रि पनि नभएको अवस्थामा विग्रने अवस्था पुग्दा राज्यको राजश्व बर्बाद भई रहेको अवस्थामा राजश्व पनि संकलन हुने र दाउरामा प्रयोग विहिन भएर कुहीन नपाउने भएकाले डिभिजन वन कार्यालयले राजश्व तथा संकलन शुल्क समेत तिरेर निःशुल्क रुपमा दाउरा वितरण सुरु गरिएको  डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत झाले बताए।उनले जिल्लाका पालिकाहरुले पनि नियमानुसार लाग्ने न्यूनतम शुल्क तिरेर दाउरा खरीद गरि लैजान र शीतलहर तथा चिसोबाट नागरिकलाई थोरै भएपनि राहत दिलाउँन समेत आग्रह गरे ।

सम्बन्धित समाचार