हरिपुर ७ का युवाहरु सामुहिक समाजिक काममा

269 Shares

नेपालीहरुको महान चाड बडा दशैँ मुखैमा आई सकेको छ । विगतका केही वर्ष कोरोना महामारीको त्रासमा चाडपर्वहरु मनाएका नेपालीहरुलाई यस वर्ष अन्य महामारीको त्रास नभएपनि पछिल्लो केही दिनमा परेको अविरल वर्षा र त्यसपछि बाढि पहिरो तथा डुबानका कारण दुखेको नेपाली मनलाई जोड्दै सामुहिकतामा समाज सेवा तथा सामाजिक काम गर्नु पर्छ भन्ने भाव झल्काउन सर्लाहीको हरिपुर नगरपालिका ७ का युवाहरुले गाउँ,टोलको सरसफाई गरेका छन् हरिपुर नगरपालिका ७ स्थित चिताईनमा रहेको चिताईन मन्दीर परिसरका साथै सार्वजनिक स्थलहरुको सहसफाईमा युवाहरु सक्रिय देखिएका छन् ।
सडक सरसफाई गर्ने,लिङ्गे पिङ हाल्ने,सामाजिक कूरीतिविरुद्ध नाटक देखाउने तथा साँस्कृतिक कार्यक्रम गर्ने लगायतका सामाजिक कामका साथै सामूहिकता र सद्भाव झल्कने गरी सरसफाईका काम पनि भएका छन् ।सामुहितामा सामाजिक काम गर्न सकन्छ र दुखेका मनहरुमा मलहम लगाउन सकिन्छ भनेर सानो उद्धाहरण प्रस्तुत गरेका हरिपुर नगरपालिका ७ का युवाहरुबाट अन्य युवाहरुले पनि पाठक सिक्न जरुरी छ ।

सम्बन्धित समाचार