दुर्गा कुमारी अधिकारी
सर्लाहीको ईश्वरपुर नगरपालिका ३ स्थित भक्तिपुरमा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको ज्यान गएको छ ।ईश्वरपुर नगरपालिका ३ स्थित भक्तिपुरबाट बयलवास तर्फ आउँदै गरेको विआर ३० आर ३८८१ नम्बरको भारतिय मोटरसाईकल आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको विद्युतको पोलमा ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाईते भएका थिए ।
घाईते मध्य मोरटसाईकलमा पछाडि सवार भारतको सितामढीको ईनरवा गाउँ बस्ने अन्दाजी बर्ष १७ का दिपक महतोको उपचारको क्रममा महोतरीको बर्दिवासमा रहेको जनसेवा अस्पतालमा ज्यान गएको ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासले जनाएको छ ।
मोटरसाईकलका चालक सर्लाहीको इश्वरपुर नगरपालिका ३ का अन्दाजी बर्ष १८ का रुपेश साहलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज तर्फ पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहको अवस्था गंभिर रहेको छ ।