सर्लाहीको लालबन्दी नगरपालिका १५ का ५० जनाको क्षयरोग जाँचका लागि खकारको नमुना संकलन गरिएको छ ।लालबन्दी नगरपालिका १५ स्थित रहेको स्वास्थ्य चौकी परवानीपुरको आयोजना तथा नगर स्वास्थ्य शाखाको समन्वयमा “स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर तथा क्षयरोग जाँच स्क्रिनिङ” कार्यक्रम सञ्चालन गरीएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका मुमताज मिकरानीले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिका १५ स्थित रहेको स्वास्थ्य चौकी परवानीपुरको आयोजनामा गरिएको “स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर तथा क्षयरोग जाँच स्क्रिनिङ”कार्यक्रममा एक सय १० जनाले सेवा लिएका छन् ।
जसमा ५० जनाको क्षयरोग जाँचका लागि खकारको नमुना संकलन गरी जाँचको लागि पठाईएको आयोजक स्वास्थ्य चौकी परवानीपुरले जनाएको छ ।लालबन्दी नगरपालिकाको नगर प्रमुखमा बासुदेव अधिकारी निर्वाचित भएर आएदेखि नगरभित्रको सरकारी स्वास्थ्य सेवाको गुणस्तरका साथै स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिईएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।