लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

243 Shares

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने“लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान”मंगलबारदेखि सर्लाही र सिन्धुली सहित देशैभरी विभिन्न कार्यक्रम गरि सुरु गरिएको छ। यस वर्षको अन्तर्राष्ट्रिय नारा “सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ” रहेको छ भने नेपालमा “प्रविधिको सही प्रयोग गरौँ,लैङ्गिक हिंसाको अन्त्य गरौँ”भन्ने नाराका साथ सर्लाही र सिन्धुली सहित देशैभरी पालिकाहरुका साथै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने समूह,सन्जाल र गैर सरकारी संस्था,प्रहरी र विद्यालय लगायतले ¥याली तथा कोण सभाको आयोजना गर्दै अभियान सुरु गरेका हुन ।

586805807_122227730852091236_5631126100508568307_n-1.webp
अभियानको उद्देश्य लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्ने र प्रविधिको उचित प्रयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउने तथा महिलाको अधिकार संरक्षण र सशक्तिकरणलाई अघि बढाउने रहेको महिला अधिकारको क्षेत्रमा काम गर्ने संघ/संस्थाहरुले बताएका छन् ।

590013824_1241389978009281_6584317913808017537_n.jpg
त्यसैगरी,लैङ्गिक हिंसा अन्त्यका लागि सामूहिक प्रयास आवश्यक पर्ने साथै १६ दिन मात्र नभई वर्षभरि नै हिंसा विरुद्धका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने कार्यक्रममा सहभागीहरुले धारणा राखेका छन् ।सहभागीहरुले यस्ता अभियान सहर केन्द्रित मात्र नभई गाउँ–टोलमा पनि प्रभावकारी रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।साथै लैङ्गिक हिंसामा संलग्न जो सुकैले कानूनी रूपमा कडा सजाय पाउनुपर्ने अभियान्ताहरुले बताएका छन्।उनीहरुले महिलामात्र नभएर पुरुषपनि हिंसामा पर्ने गरेकाले हिंसा उन्मूलनका लागि दुवै समान रूपमा सचेत हुनु आवश्यक रहेको धारणा राखे ।

सम्बन्धित समाचार