करिब ३३ क्युविफिट काठ सहित ४ वटा साईकल नियन्त्रणमा

341 Shares

पर्साकाे पर्सागढि नगरपालिका ३ स्थित रहेकाे झबराहा गाउँ नजिक जंगलमा लुकाई छिपाई राखिएको  अवस्थामा ठूलो मात्रामा सालको काठ र साईकल वन गस्ती टाेलीले नियन्त्रणमा लिएको छ ।

डिभिजन वन कार्यालय पर्सामा डिभिजन वन अधिकृत मन्जुर अहमद् आएदेखि आक्रमक बनेकाे वनकाे टाेलीले चार थान साईकल सहित ३२ दशमलव ६२ क्युविफिट सालकाे काठ बरामद् गरेकाे डिभिजन वन कार्यालय पर्साले जनाएको छ ।

सार्वजनिक विदाको दिन नेपालीहरुको महान पर्व दशैँकाे समयमा सार्वजनिक विदा भए पनि याे समयमा तस्करहरुले व्यापक तस्करी गर्ने भएकोले वन गस्तीलाई प्राथमिकता दिएकाे पर्साकाे वनकर्मीहरुकाे टाेलीले विशेष सुचनाकाे आधारमा पर्साकाे पर्सागढि नगरपालिका ३ स्थित रहेकाे झबराहा गाउँ नजिक जंगलमा लुकाई छिपाई राखिएको अवस्थामा चार थान साईकल सहित ३२ दशमलव ६२ क्युविफिट सालको काठ बरामद् गरेकाे डिभिजन वन कार्यालय पर्सामा डिभिजन वन अधिकृत अहमद्ले जानकारी दिए ।

उनका अनुसार सव डिभिजन वन कार्यालय सबैयाकाे गस्ती टाेलीले वनकाे झाडी भित्र लुकाई छिपाई राखिएको अवस्था काठ सहित साईकल बरामद् भएको हाे । दशैको सार्वजनिक बिदा भएको माैकाको फाईदा उठाउन तस्करहरुले उक्त ठुलो मात्रको सालको काठ अन्यत्र लैजान तयारी अवस्थामा राखिएको हुन सक्ने डिभिजन वन अधिकृत अहमद्ले बताए ।

सम्बन्धित समाचार