रामनगरका जनप्रतिनिधिहरु र कर्माचारीहरु भ्रष्टाचारमा लिप्त भएका स्थानियको आरोप

3.5k Shares

सर्लाहीको रामनगरमा गाउँपालिका अध्यक्षको भ्र’ष्टाचार , कागजमै विकासका योजनाहरु सर्लाहीको रामनगर गाउँपालिकामा विकास भन्दा बढी भ्र’ष्टाचार बढ्दै गएपछि स्थानीयबासी आक्रोसित भएका छन् । गाउँपालिकामा सडक ,नाला ,स्वास्थ्य ,शिक्षा ,कृषि ,बिधुतको क्षेत्रमा २० प्रतिशत पनि काम नभएको भन्दै स्थानियबासी आक्रेसित भएका हुन ।
स्थानिय निकायको निर्वाचन भएको ३ बर्ष बिति सक्दा पनि गाउँपालिका अध्यक्ष अध्यक्ष कृष्ण प्रसाद बर्माले एउटा पनि ठोस विकासको काम नगरेको  स्थानियबासीले बताएका छन् । गाउँपालिकामा न त सार्वजनिक शौचालय छ ,न किसानलाई कृषि पेशामा केही सुबिधा दिइएको छ । विकासको रकम कागज मै काम गरेर सकिएको भन्दै स्थानियबासीले चिन्ता व्यक्त गरेका छन् ।
स्थानियहरुबासीका अनुसार कागज मै बिल भर्पाइ गरेको आधारमा भुक्तानी दिने ,गोप्य टेन्डर गर्ने ,स्टिमेट अनुसार काम नगरेकोलाइ भुक्तानी दिने ,सामान खरिद प्रक्रियामा कमिसन खाने , आसेपासेलाई गाउँपालिका कार्यालयमा जागिर दिने लगायतका काम गाउँपालिका अध्यक्ष बर्माले गर्नु भएको स्थानियबासीले आरोप लगाएका छन् ।
सुचना प्रचार प्रसार र कोरोना खर्च समेत सार्वजनिक नगरेको भन्दै स्थानियबासीले आक्रोस व्यक्त गरेका हुन ।  कोरोना अबधीमा गरेको भुक्तानी कसलाइ कुन शिर्षकमा कुन आधारमा गरेको हो भन्ने विषयमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामपुकार महतो र लेखा अधिकृत विन्दा पासवानसँग सोधपुछ हुनुपर्ने स्थानियहरुले माग गरेका छन् ।

सम्बन्धित समाचार