जनज्योती क्याम्पसमा प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन,२०८३

388 Shares

सर्लाहीको लालबन्दी नगरपालिका–९ स्थित रहेको जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन,२०८३ शनिबारबाट सुरु भएको छ।क्याम्पसकै आयोजना तथा लालबन्दी नगरपालिकाको सह–आयोजनामा नवीन शिक्षण अभ्यासलाई स्थानीयस्तरमा प्रवद्र्धन गर्दै सामुदायिक क्याम्पसहरुमा वित्तीय दिगोपनका आधारहरु तय गर्ने उद्देश्यले शैक्षिक सम्मेलन आयोजना गरिएको क्याम्पसको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारीले जानकारी दिए ।उनका अनुसार आईतबार सम्म चल्ने सम्मेलनमा “कक्षाकोठादेखि समुदायसम्मःसामुदायिक क्याम्पसहरुमा आर्थिक दिगोपनाका लागि नवीन शिक्षण विधि”भन्ने मूल विषयमा केन्द्रित रहने छ ।
सम्मेलनमा देशभरका विभिन्न विश्व विद्यालय तथा शैक्षिक संस्थाबाट प्राप्त ६६ वटा अनुसन्धानपरक सामाग्री प्रस्तुत हुने क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले बताए।उनका अनुसार सम्मेलनमा नेपालभरका विभिन्न क्षेत्र,विश्वविद्यालय र क्याम्पसबाट अनुसन्धानकर्ता तथा शिक्षाविद्हरुको सहभागिता रहेको छ ।विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाण–पत्र प्राप्त गरिसकेको जनज्योति बहुमुखी क्याम्पसलाई पहिलो पटक आयोजना गरिएको यो शैक्षिक सम्मेलनबाट स्तरवृद्धिमा समेत टेवा पुग्ने आस गरिएको अनुसन्धान व्यवस्थापन इकाइ संयोजक रमेश भट्टराईले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डा.महानन्द चालिसेको प्रमुख आतिथ्यतामा तथा सर्लाही क्षेत्र नम्बर १ की प्रतिनिधि सभा सदस्य नीतिमा कार्की(भण्डारी),मधेश प्रदेश सभा सदस्य एवम निवर्तमान मन्त्री बेची लुंगेली,लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारी र संविधान सभा सदस्य शम्भुलाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो।प्रा.डा.चालिसेसहित प्रा.डा.गोविन्द सुवेदी, प्रा.डा.रामप्रसाद भट्टराई र प्रा.डा.अञ्जय कुमार मिश्र लगायत दर्जनभन्दा बढी विज्ञहरुको विशेष सहभागितामा सम्मेलन आयोजना गरिएको हो।

सम्बन्धित समाचार