नारदमुनि थुलुङ स्मृति गोल्डकपको नवौं संस्करणको उपाधि बागमती युवा क्लब सर्लाहीले हात पारेको छ ।बागमती युवा क्लबले न्यु त्रियुगा स्पोर्ट क्लब सप्तरीलाई १–० गोलले पराजित गर्दै नारदमुनि थुलुङ स्मृति गोल्डकपको नवौं संस्करणको उपाधि बागमती युवा क्लब सर्लाहीले हात पारेको बागमती युवा क्लबका सचिव एवम बागमती नगर खेलकुद विकास समितिका सह संयोजक कुमार प्रधानले जानकारी दिए ।
उनका अनुसार उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहामा शनिबार भएको फाईनल खेलको चौथो मिनेटमै बामगतीका श्रृजन गौतमले गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए ।सोही गोल बागमतीका लागि च्याम्पियन बन्न पर्याप्त बन्यो ।सुरुमै गोल खाएपछि घरेलु समर्थकको साथ पाएको सप्तरी दबाबमा परेको थियो ।गोल फर्काउने प्रयास गरेपनि सप्तरी असफल भयो । उपाधि विजेता बागमतीले ४ लाख १ हजार र उपविजेता सप्तरीले २ लाख १ हजार पुरस्कार पाप्त गरेको आयोजकले जनाएको छ ।
मोफसलमा रहेर बागमती युवा क्लबले विभिन्न प्रतियोगीताहरुमा ए डिभिजन लिगका च्याम्पीएन टिमहरुलाई समेत पराजित गरि सकेको र बागमती युवा क्लबको आफ्नै छुट्टै पहिचान समेत रहेको बागमती युवा क्लबका सचिव प्रधानले बताए । आफ्नै खेल मैदान,क्लबको बस,स्पोट एकेडेमी समेत रहेको बागमती युवा क्लबलाई बागमती नगरपालिकाले अभिभावकत्व गरि रहेको बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।उनका अनुसार बागमती युवा क्लबले मधेश प्रदेश कै सर्वाधिक धनराशीको राजर्षि जनक कप फुटबल प्रतियोगीता हरेक वर्ष सञ्चालन गर्दै आएको छ ।
खेलकुदको माध्यामबाट पहिचान तथा सम्बन्धहरु विस्तार हुनुका साथै गैर कानुनी कार्यमा लाग्ने युवाहरु खेलकुदमा संग्लग्न हुँदा त्यस प्रकारका काममा लाग्न नपाउने जसका कारण समाजमा विकृति विसंगति नफैलिने भएकाले खेलकुदलाई प्राथमिकता दिएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताए ।उनका अनुसार नयाँ/नयाँ खेलाडीहरु उत्पादन हुने साथै खेलाडीहरुको मनोबल बढाउन पनि समय समयमा यस प्रकारका प्रतियोगीताहरु भई रहनु आवश्यक छ ।