मधेश प्रदेशका एक सय ३६ स्थानीय तहहरु मध्य चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ८७ वटा मात्रै स्थानीय तहहरुले ल्याएका छन् । सप्तरी,सिरहा,धनुषा,महोतरी,सर्लाही,रौतहट,बारा र पर्सा गरी आठ जिल्ला रहेको मधेश प्रदेशमा सप्तरीमा १८,सिरहामा १७,धनुषामा १८,महोतरीमा १५,सर्लाहीमा २०,रौतहटमा १८,बारामा १६ र पर्सामा १४ पालिका गरी कुल एक सय ३६ पालिका रहेको मधेशका ८७ वटा पालिकाले मात्रै चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवारको वेभसाईटमा उल्लेख गरिएको छ ।
जसमा सप्तरीमा रहेका १८ वटा पालिकाहरु मध्य ११ वटा पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका छन् भने सात वटा पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् ।सप्तरीका डाक्नेश्वरी, राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाका साथै छिन्नमस्ता,तलाठीकोईलाडी,रुपनी र बलान बिहुल गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेका मन्त्रालयको वेभसाईटमा उल्लेख छ ।
सिरहामा रहेका १७ वटा पालिकाहरु मध्य १३ वटा पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका छन् भने चार वटा पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् ।सिरहाका सुखीपुर नगरपालिकाका साथै औरही,लक्ष्मीपुर पतारी र विष्णु गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेका मन्त्रालयको वेभसाईटमा उल्लेख छ ।
धनुषामा रहेका १८ वटा पालिकाहरु मध्य १२ वटा पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका छन् भने छ वटा पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् । धनुषाको जनकपुर उप महानगरपालिका,क्षिरेश्वरनाथ,धनुषाधाम,कमला नगरपालिकाका साथै औरही गाउँपालिका र जनकनन्दिनी गाउँपालिका गरी छ वटा पालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेका हुन ।
महोतरीमा रहेको १५ वटा पालिकाहरु मध्य १२ वटा पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका भएपनि तीनवटा पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेका हुन ।महोतरीका बर्दिवास र मटिहानी नगरपालिकाका साथै सोनमा गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेका हुन् ।
सर्लाहीमा रहेका २० वटा पालिकाहरुमध्य १५ वटा पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएपनि पाँच वटा पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका छैनन् ।सर्लाहीको मलंगवा,बलरा र बागमती नगरपालिकाका साथै विष्णु र पर्सा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेका मन्त्रालयको वेभसाईटमा उल्लेख छ ।
रौतहटमा रहेका १८ वटा पालिकाहरु मध्य आठ वटा पालिकाले मात्रै चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउँदा १० वटा पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् ।रौहतटका गरुडा,कटहरिया,गढीमाई,गुजरा,देवाही गोनाही,फतुवा विजयपुर,बौधीमाई माधव नारायण रमौलापुर नगरपालिकाका साथै यमुनामाई गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेका मन्त्रालयको वेभसाईटमा उल्लेख छ ।
त्यस्तै बारामा रहेको १६ वटा पालिका मध्य १२ वटा पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउँदा चार वटा पालिका चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेका छैन् ।बाराको सिम्रौनगढ नगरपालिकाका साथै आदर्श कोतवाल,सुर्वण र विश्रमपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् ।
भने,पर्सामा रहेको १४ वटा पालिका मध्य चार वटा पालिकाले मात्रै चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउँदा १० वटा पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेका छैन् ।पर्साको बजेट नल्याउने १० पालिकामा वीरगन्ज महानगरपालिका,पोखरिया,बहुदरमाई नगरपालिकाका साथै धोबीनी,पकाहा मैनपुर,बिन्दाबासिनी,सखुवा प्रसौनी,ठोरी,कालिकामाई र जिराभवानी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेका मन्त्रालयको वेभसाईटमा उल्लेख गरिएको छ ।
यसरी मधेश प्रदेशका आठ जिल्लामा बजेट नल्याउने सबै भन्दा कम पालिका महोतरीमा तीन वटा छन् भने पर्सा र रौतहटमा बजेट नल्याउने सबैभन्दा धेरै १०/१० पालिका रहेका छन् ।
जनप्रतिनिधिहरुको आन्तरीक विवादका साथै कतिपय पालिकाहरुका जनप्रतिनिधिहरु भ्रष्टाचार सम्बन्धी मुद्धा अख्तियारमा परेपछि निलम्बन हुँदा निर्धारित समयमा चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम पारित गर्ने नसकेको पाइएको छ ।
के छ व्यावस्था
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) र (५) स्थानीय तहको सभामा बजेट पेस हुनुपर्ने र सोही दफाको उपदफा (६) बमोजिम असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।त्यसरी बजेट पारित हुन नसकेका स्थानीय तहले साउन १ बाट एक रुपैयाँ पनि खर्च गर्न मिल्दैन अर्थात् बजेट होलिडे हुन्छ,तर,यो कानूनी व्यवस्था विपरीत मधेशका १९ पालिकाहरुले बजेट नै ल्याउन सकेका छैनन् ।बजेट पारित नगरी गरेको खर्च अनियमितता गरेको ठहरिने कानुनी व्यवस्था छ ।
बजेट ल्याउन नसक्नुको कारण के
जनप्रतिनिधिबीच सरकारको स्रोत कसले बढी दुरुपयोग गर्ने भन्ने विषयमा कुरा नमिल्दा समयमा बजेट आउन नसकेको जानकारहरु बताउँछन्।स्थानीय तहका प्रमुख,उपप्रमुख तथा वडाअध्यक्षहरु निर्वाचित हुँदा नै करोडौं रुपैयाँ खर्च गर्ने र बजेटलाई त्यो रकम अशुल गर्ने माध्यम बनाउँदा यस्तो भएको जानकारहरुको भनाइ छ।“स्थानीय तहहरुले बजेट बनाउने क्रममा मेरै वडामा यति देऊ,अर्को वडामा यति देऊ भनेर माग्छन्,त्यही विषयमा उनीहरुबीच कुरा मिल्दैन र स्थानीय तहको सभा नै बस्न सक्दैन।सभा बस्न नसकेपछि बजेट ल्याउन सकिन्न।”उनीहरुको भनाई छ ।
“राज्यको स्रोत दुरुपयोग गर्ने विषयमा आफ्नै पार्टीका प्रतिनिधिहरुबीच पनि कुरा मल्दैन । यस्तो वित्तीय अराजकता स्थानीय तहमा छ।एउटै पार्टीको बहुमत भएका स्थानीय तहले पनि बजेट ल्याउन नसकेका पाइएको जानकारहरुको भनाई छ।कतिपय स्थानीय तहमा कर्मचारीको पनि अभााव,प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी उपसचिवको हुने भएपनि खरिदारले करोडौं रकम चलाइरहेका लगायतका कारण पनि निर्धारित समयमा बजेट आउन नसकेको जानकारहरुको आंकलन छ।कर्मचारीहरुमा पनि काम गर्ने भन्दा पनि केही वर्षमै करोडपति भइहाल्ने मानसिकता रहने गरेका कारणपनि समस्या भएको केही जनप्रतिनिधिहरु नै बताउँछन् ।
“राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय अनुशासन कायम नगर्ने स्थानीय तहको बजेट कटौती गर्न सक्छ,त्यसमार्फत दण्डित नगर्ने हो भने यो प्रवृत्तिमा सुधार नहुने”राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।“कानुनी रुपमा असार मसान्तसम्म बजेट नल्याउने स्थानीय तहले साउन १ गतेबाट खाता बन्द नै गर्नुपर्ने र त्यसो नभए सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृत,आर्थिक प्रशासन विभाग प्रमुख र खाता सञ्चालन गर्न दिने कोष लेखा नियन्त्रण कार्यालयको प्रमुखलाई कारबाही हुने कानुनी व्यावस्था छ ।”
स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ६९ अनुसार “स्थानीय सञ्चित कोषबाट मात्रै रकम खर्च गर्नुपर्दछ।उक्त कोषको रकम खर्च गर्न स्थानीय तहको सभाले पास गरेको वार्षिक कार्यक्रम (बजेट) अन्तर्गत मात्रै गर्नुपर्दछ।सो दफा अनुसार स्थानीय तहको सभाले बजेट पास नगरी आर्थिक वर्षको कुनै पनि खर्च गर्न पाइँदैन ।”साथै बजेट ल्याएका स्थानीय तहहरुले मन्त्रालयमा अद्यावधिक गराउनु पर्ने कानुनी व्यवस्था रहेको छ ।भने कतिपय पालिकाहरुले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका भएपनि मन्त्रालयलाई जानकारी नगराएका हुन सक्ने मन्त्रालय स्रोतले जनाएको छ ।