Close This

सरोकारवाला निकाय असुलीमा व्यस्त,बजारको अवस्था अस्तव्यस्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-१० गते   २९५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ७ को  माछा बजार दिनप्रतिदिन दुर्गन्धीत भएको छ । सामान्य पानी पर्दापनि हिल्लामे हुने र फोहोर व्यावस्थापन समेत उचित तरिकाबाट नहुँनुका साथै लालबन्दीको बीचमा हप्तामा दुई दिन लाग्ने बजारको व्यावस्थापन नहुँदा दिनप्रतिदिन दयनिय बन्दै गएको छ ।
लालबन्दी नगरपालिका ७ को भित्रि बजार जहाँ सोमबार र बिहीबार बजार लाग्ने गर्दछ । बजारको व्यावस्थापन समिति रहेपनि बजारको व्यावस्थापन गर्न चासो नदेखाएका कारण बजारमा किनमेल गर्र्न जानेहरु पनि हैरान भएका छन् । भाँडाकुँडा,खाद्यान्न तथा कपडाहरु र श्रृंगारका सामानहरुको स्थायी सटरहरु बनाइएका भएपनी पशुपंक्षि तथा तरकारी र माछामासुका लागि भने बाहिरै राख्नु पर्ने बाध्यता रहेको र ती सामाग्रीहरुबाट निस्केका फोहोरको व्यावस्थापन गर्न सरोकारवाला निकाय बजार व्यावस्थापन समिति र वडा अध्यक्षले चासो नदेखाउँदा आफुहरु दुर्गन्धीत बजारमा व्यापार गर्न बाध्य भएको व्यापारीहरुको गुनासो छ । आफुहरुले व्यापार व्यासाय गरेवापत समिति,वडा कार्यलय र विद्यालयलाई कर समेत बुझार्ई रहेको व्यापारीहरुले बताएका छन् । 
उक्त क्षेत्रमा लगाईने बजार जनज्योती मावि लालबन्दीको जमिन रहेको र उसले बजार बसाएर कर लिने गरेको छ ।  सो बजारमा करिब ८  सय स्टलहरु रहेका र प्रति सटरको प्रति फिट नापेर विद्यालयले कर असुल्ने गरेको छ ।  भने सटर नहुने र अस्थायी रुपमा बसनेहरुका लागि भने समितिले हप्तोकर असुल्ने गरेको छ । यसरी कर तिरेर आफुहरु बसेको भएपनि समिति र विद्यालयले कुनै व्यावस्था नगरि दिँदा वर्षामा घुँडाघुँडा पानी जम्ने साथै माथिल्लो क्षेत्रका निजि जमिनमा व्यापार गरि रहेकाहरुले ढल व्यावस्थापन नगरि उसै छाडिदिँदा आफुहरु थप मारमा परेको व्यापारीहरको गुनासो छ ।
बजार लाग्नेदिन बाहेक अरु दिन पनि बजार क्षेत्रभित्रै  हिलो र नालाको फोहोर पानी जमेर पैदल यात्री तथा सेवाग्राहीहरुलाई हिंडडुल गर्न समस्या हुने गरेको स्थानीय व्यापारीहरुले बताउका छन् । तरकारी तथा मासु पसलबाट निस्कने फोहरका साथै बजारभरीको फोहोर समेत जथाभावि रुपमा फालिने गरेकाले दुर्गन्ध बढ्दा बजारमा किनमेल गर्न आएका सेवाग्राहीहरु पनि नाक मुख थुनेर हिड्न बाध्य भएका छन् ।
 यस्ता समस्याबाट स्थानीय व्यापारीहरु तथा सेवाग्राहीहरु पिडित भइरहेको देख्दा देख्दै पनि लालबन्दी नगरपालिका वडा नम्बर ७ ,उद्योग बाणिज्य संघ लालबन्दी, बजार व्यावस्थापन समिति र जनज्योती मावि मौन देखिएको छ ।
आफुले सरोकारवाला निकायहरुको वैठकहरुमा बजार व्यावस्थापनका लागि कुरा उठाउने गरेको भएपनि नगरपालिका लगायत अन्य सरोकारवाला निकायहरले चासो नदेखाएका उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले बताउनु भयो । उहाँले विद्यालयले कर लिएको कारण नगरपालिकाले चासो नदेखाएको आफुलाई शंका लागेको बताउनु भयो । नगरपालिका विद्यालाई दोष देखाउने र विद्यालय कर असुलीमै व्यावस्तररहनेगरेका कारण बजारका व्यापारी व्यावसायीहरु र सेवाग्राहीहरु मर्कामा परेको अध्यक्ष जोशीको भनाई छ ।
यता, बजार व्यावस्थापन समितिका अध्यक्ष इन्द्र योञ्जनले आफुहरुले काम गरी रहेको र अब ढल निकासको काम बाँकी रहेको बताउनु भयो । उहाँका अनुसार ढल निकायका लागि स्थानिय सरकार लालबन्दी नरपालिका ७ वडा कार्यालयले आवश्यक सहयोग नगरेको कारण समस्या सृजना भएको र चाहेर पनि आफुले ढल निकायको काम गर्न नपाएको बताउनु भयो । वरीपरी स्थानियको निजि जमिन पर्ने र निजि जमिनमा ढल निकास गर्न नदिने भएका कारण आफुहरुले चाहेर पनि  ढल निकासको काम गर्न नपाएको उहाँले बताउनु भयो । 
जनज्योती मावि लालबन्दीका विद्यालय व्यावस्थानि समितिका अध्यक्ष मनिश माझीका अनुसार विद्यालयले करिब ४ सय ५० वटा सटर र स्टलहरुबाट प्रति महिना रु ५ सय देखि रु १ हजार ५ सय सम्म शुलक उठाउने गरेको र बार्षिक करिब रु ७५ लाख रकम संकलन हुने गरेको बताउनुभयो । उहाँले मासु पसलहरु र पशु चौपाएको विक्रि वितरण हुने ठाउँ नगरपालिकाले नै ठेक्का लगाउने गरेको बताउनु भयो । ढल निकाय नहुँदा सो क्षेत्रमा व्यापारीहरु र सामान खरिद गर्न आउने सेवाग्राहीहरुलाई हिउँदामा धुलाम्मे र वर्षामा हिल्लाम्मे हुने गरेका कारण समस्या भएको भएपनि बजार व्यावस्थापन समिति र विद्यालय विच तालमेल नमिल्दा काम हुन नसकेको बताउनुभयो । 
सो क्षेत्रमा साप्ताहिक रुपमा हाट लाग्ने गरेको छ । बजार लाग्ने सो क्षेत्रको जमिन जनज्योती माविको रहेका कारण पनि उक्त क्षेत्रमा व्यापार व्यावसाय गर्दा विद्यालयलाई शुल्क बुझाउनु पर्छ । 
त्यसैगरी लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष सुरेन्द्र कुमार न्यौपानेले आफुले आफ्नो वडाबाट हुनेसहयोग हरेक वर्ष गरी रहेको बताउनुभयो । उहाँले आफुले गर्न थालेको काममा साथ सहयोग नपाएका कारण र सबै बजेट एकै स्थानमा लगाउन पनि सम्भव नभएका कारण भित्रि बजारको ढल निकासको काम केही ढिलो भएको भन्दै चाँडै सो क्षेत्रको ढल निकासको काम गर्ने बताउनु भयो । उहाँले बजार व्यावस्थापन र सुन्दर बजार बनाउन यसैवर्ष पनि वडाबाट केही रकम व्यावस्था गरि बाटो बनाएको बताउनु भयो ।
उत्त क्षेत्रमा तरकारी,फलफुल,माछा,मासु,पशुचौपाय लगायत मद्यिरा भट्टी समेत सञ्चालनमा रहेका छन् भने स्टल तथा सटर राखेर भाडाकुँडा देखि लिएर कपडा तथा सृंगारका सामानहरु हरेक दिन पाईन्छ । तरकारी तथा फलफुल र  माछा,मासु,पशुचौपाय लगायत मद्यिरा भट्टीको सरसफाई कमि रहेका कारण पनि समस्या सृजना भएको व्यापारीहरुले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech