सर्लाही प्रहरीद्वारा जल्दै गरेकाे शव चिताबाटै बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-२७ गते   ६८८ पटक हेरिएको

सर्लाहीको हरिपुर नगरपालिका ६ स्थित लक्ष्मीपुरबाट जल्दै गरेकाे अवस्थामा  एउटा शव प्रहरीले  बरामद् गरेकाे छ ।हरिपुर नगरपालिका ६ लक्ष्मीपुरकी अन्दाजी ४५ वर्षिय एक महिलालाई कुटपिट गरि घाईते बनाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचार पश्चात् वीरगन्ज पठाईएकाे भए पनि उनका श्रीमान राजाराम साहले उपचार नगरी घर ल्याएर राखि पुन जनकपुर तर्फ उपचारकाे लागि लगेकामा चिकित्सकले फिर्ता पठाएका थिए ।
बिरामीलाई आफन्तले घर ल्याउदै गर्दा बाटैमा ज्यान गएपछि अन्य कसैलाई खबर नगरि आफन्तले जलाउन  भन्दै लखन्देही नदीमा  लगेकाे थाहा थाहा पाएपछि पुगेकाे प्रहरी टाेलीले आधा जलेकाे शव चिताबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अुनसार लालबन्दी र हरिवनकाे सिमानास्थित रहेकाे लखन्देही नदीमा जल्दै गरेको चितालाई नियन्त्रणमा लिई आधा जलेको शरीर बरामद गरि पोस्ट मोर्टमको लागि प्रादेशिक अस्पताल मलङगवा पठाईएकाे छ । 
प्रहरीका अनुसार उनका श्रीमान साह घटना भएकै दिनदेखि फरार रहेका छन् । शवलाई कानुनी प्रकृया पूरा नगरी जलाउन सहयोग गर्ने  ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech