Close This

माओवादी केन्द्र लालबन्दी नगर कमिटि लालबन्दीमा अध्यक्षमा लेखराज र सचिवमा राजन निर्विरोध चयन,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१६ गते   २२७३ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) लालबन्दीको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । आज(बिहीबार) सम्पन्न प्रथम नगर सम्मेलनले लेखराम जर्गामगरको  अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटि निर्विरोच चयन गरेको छ । 
नगर कमिटिको उपा अध्यक्षतमा गणेशबहादुर थापा ,किरणकुमार पासवान र शुक्रबहादुर पाख्रिन निर्विारोध चयन भएका हुनु भएको छ । नगर कमिटिको सचिवमा लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष राजनकुमार श्रेष्ठ,सह सचिवमा हेमबहादुर कार्की र कोषा अध्यक्ष सुमित्रा श्रेष्ठ निर्विारोध चयन हुनु भएको नव निर्वाचित सचिव राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
मंसिर १० गते नै नगर सम्मेलनको उद्धघाटन भएको भएपनि केही आन्तरीक कारण कमिटि चयन भएको थिएन् । मंसिर १० गते अधिवेशनलाई पार्टी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल माध्यमबाट सम्बोधन गरि एकैसाथ उद्धघाटन गर्नु भएको थियो । प्रत्येक नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्य पालिका कमिटी गठन गर्ने पार्टीको नीति रहेको छ । जिल्लाको सम्पूर्ण स्थानिय निकायहरूको प्रथम अधिवेशन हरेक हिसाबले समानुपातिक र सर्व सहमत बनाउने प्रयास गरिएको माओवादी केन्द्रले जनाएको छ ।
जिल्लाको चन्द्रनगर, ईश्वरपुर, बरहथवा, हरिपुर्वालगायतका स्थानिय निकायहरुमा उद्घाटन सत्र सुरु भएर अधिवेशन स्थगित भएको छ भने पर्सा गाउँपालिका, धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका र मलंगवा नगरपालिकामा प्रथम अधिवेशन नै हुन सकेको छैन । अधिवेशन हुन नसकेका स्थानिय निकायहरूमा समेत छलफल गरेर सर्वसहमतिमा कमिटी गठनको प्रक्रिया अगाडि बढाइएको माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कमल बुढाथोकीले जानकारी दिनु भयो । जिल्लाका २० वटा स्थानिय निकायका २ सय वडा सबै वडाहरुमा वडा कमिटीहरू गठन भइसकेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech