सर्लाहीमा चन्द्रनगरले सुरु ग¥यो धनी पुर्जा वितरणको काम

1k Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरेको छ । चन्द्रनगर गाउँपालिका ४ स्थित गढाटोलाबाट जिल्ला मै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले जानकारी दिए ।
चन्द्रनगर गाउँपालिका ४ का दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेर अभियानको सुरुवात गरिएको नापी कार्यालय सर्लाहीका प्रमुख संजय मनान्धरले बताए । उनका अनुसार पुस्तौ पुस्ता देखि जोत भोग गरिरहेको गाउँ ब्लक जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरुलाई प्रदान गरिएको हो ।
पुस्तौ पुस्तादेखि जोतभोग गरि रहेको जमिनको पहिलोपटक जग्गा धनी पूर्जा प्राप्त हुदा आफुलाई निकै खुसी लागेको स्थानिय नागेन्द्र महराले बताए ।“आफ्नो पिता पूर्खा देखि लालपुर्जा थिएन,धेरै दुःख लाग्थो । अहिले आफुले जोत भोग गरेको जमिनको जग्गा धनी पूर्जा प्राप्त भयो खुसी लागेको छ ।”महराले बताए ।
बर्षौ वर्ष देखी आफुहरू जग्गा भएर पनि जग्गाको अधिकार बिहिन भएर बस्न बाध्य भएकोमा अहिले धनि पूर्जा प्राप्त हुदा खुसि लागेको अर्का स्थानीय संझा देवी माझीले बताए ।
बिगत १५ वर्ष यता गाउँ ब्लकको जग्गाहरु नापी भए पनि जग्गाधनी दर्ता प्रमाण पुर्जा जारी नहुँदा सो क्षेत्रमा जमिन जोतभोग गरि रहेकाहरु जग्गाधनी पुर्जा बिनै जग्गा प्रयोग गर्न बाध्य थिए ।
चन्द्रनगर गाउँपालिकामा भूमीहिन,दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जा वितरण गर्न लगत संकलन कार्य भइसकेको र आवश्यक प्रकृया पु¥याई चाँडै जग्गाधनी पुर्जा वितरण गरिने गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महतोले बताईन् ।

सम्बन्धित समाचार