सर्लाहीमा दुई जना सडक मावनकोे उद्धार

241 Shares

सर्लाहीमा दुई जना सडक मानवको उद्धार गरिएको छ। मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको टोलीले जिल्लाको बागमती र हरिवनबाट एक महिला र एक पुरुषको उद्वार गरेको हो। उद्वार गरिएका उनीहरुलाई जिल्लाकै हरिवन नगरपालिका १ स्थित रहेको मानव सेवा आश्रममा लगेर राखिएको छ।
“यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा”भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा सर्लाही आई पुगेको टोलीले दुई जनालाई उद्धार गरी आश्रममा पुर्याएको हो ।
 मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा निस्केको टोली सोमबार सहित आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडक मानवको उद्धार गरेको हो। जसमा मधेस प्रदेशबाट ४० जना सडक मानव रहेका छन् ।मधेश प्रदेश छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेको प्रदेश भएका कारण पनि मधेश प्रदेशका जिल्लाहरुमा सडक मानवहरु बढी देखिने गरेका एक जानकारले बताए ।

सम्बन्धित समाचार