Close This

मतगणनाको रिपोर्टिङ गर्ने क्रममा सुरक्षाकर्मीहरुबाट पत्रकारहरुमाथी दुव्र्यवहार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-३१ गते   ८९८६ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा मतगणनाको रिपोर्टिङ गर्ने क्रममा सुरक्षाकर्मीहरुबाट पत्रकारहरुमाथी दुव्र्यवहार भएको छ ।
 निर्वाचन अधिकृतको कार्यालय लालबन्दीको कम्पाण्डमा प्रवेश गरि रिपोर्टिङ गर्न पुगेका राष्ट्रिय समाचार समिति(रासस) र सगरमाथा टेलिभिजनका सर्लाही सम्वाददाता,कमलामाई मिडिया प्रा.लिका सञ्चालक,अध्यक्ष,प्रवन्ध निर्देशक एवम प्रकाशक तथा प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष पत्रकार शंखर पहाडी( एस.पी.गौरब) माथी सुरक्षाकर्मीहरुले दुव्र्यवहार गरेका हुन ।
निर्वाचन आचार संहिता अनुसार आफुले रिपोर्टिङ गर्ने भनि मतगणना स्थलमा आफु नजाने तर कम्पाण्ड भित्र बस्न पाउनु पर्ने बताएपनि राष्ट्रिय समाचार समिति(रासस) र सगरमाथा टेलिभिजनका सर्लाही सम्वाददाता,कमलामाई मिडिया प्रा.लिका सञ्चालक,अध्यक्ष,प्रवन्ध निर्देशक एवम प्रकाशक तथा प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष पत्रकार एस.पी.(गौरब) माथी सुरक्षाकर्मीहरुले दुव्र्यवहार गरेका हुन ।
दिउँसो केही समय मतगणना स्थलको कम्पाण्डबाट रिपोर्टिङ गर्दा पनि समय समयको अपडेट नदिएको र साँझमा बाहिर निस्केर भित्र छिर्न खोज्दा एकजना प्रहरी हबल्दार र सिपाहीले माथीको निर्देशन हो भित्र नजानुस भन्दै कम्पाण्डको गेटमै क्यामेरा तथा मोवाईल खोस्न खोजेका  पत्रकार एस.पी.(गौरब) ले जानकारी दिनु भयो ।
त्यस लगतै मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पिया,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेल र मतगणना स्थलमा रहेका शसस्त्र प्रहरी नायव उपरिक्षक राजेश्वर साहलाई फोन गरि आफुमाथी दुव्र्यवहार भएको जानकारी गराएको भएपनि एकले अर्कालाई सोध्नुस भन्दै पन्छीएका पत्रकार एस.पी गौरबले बताउनु भयो ।
मतगणना स्थल भित्र रहेको र आफु मतगणनास्थलमा नजाने तर कम्पाउण्ड भित्र बसेर निर्वाचन आचारसंहिता अनुसार रिपोर्टिङ गर्ने भनेपनि सुरक्षाकर्मीहरुले क्यामेरा तथा आफ्नो मोवाईल खोस्न खोजेपछि बाहिर निस्केको पत्रकार एस.पी गौरबले बताउनु भयो ।
मतदानको दिन केही सहज रुपमा रिपोर्टिङ गरेपनि मतगणनाको दिन जिल्लाका विभिन्न स्थानिय निकायहरुमा रिपोर्टिङ गर्न जिल्लाका पत्रकारहरुलाई आफुखुसी बन्देज लगाइएको र जसका कारण मतगणनाको रिपोर्टिङ गर्दा पनि कुनैराजनैतिक दलका नेता तथा कार्यकर्ताहरुलाई सोधेर तथ्यांक लिएर रिपोर्टिङ गर्नु परेको जिल्लाका पत्रकारहरुले गुनासो गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech