Close This

कृषि विकास बैँकको २८३ औँ शाखा डकाहामा विस्तार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-१ गते   ६७८ पटक हेरिएको

कृषि विकास बैँकको २८३ औँ शाखा डकाहा रिवन काटेर उद्धघाटन गर्दै नगर प्रमुख राउत

सिन्धुलीको दुधौली नगरपालिका ४ मा कृषि विकास बैँकको शाखा सुभारम्भ भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी २८३ औँ शाखाको रुपमा दुधौली नगरपालिका ४ को डकाहा बजारमा कृषि विकास बैँकको शाखा सुभारम्भ गरिएको हो । 
ग्रामिण क्षेत्रका नागरीकको निरन्तर सेवामा रहेको कृषि विकास बैँकले कुनै पनि नेपाली नागरीकले आफ्नो बैँकबाट पाउने सेवाबाट बञ्चीत हुन नपरोस भनेर यस क्षेत्रमा पनि आफ्नो शाखाको स्थापना गरेको शाखाका प्रवन्धक तेज बहादुर कार्कीले बताउनु भयो ।


कृषि प्रधान देशमा कृषकहरुलाई बैँकिङ्ग सेवा सुविधाको पहुचमा पुर्याउनका लागि कृषि विकास बैँकले ठुलो भुमिका खेदेको र अब नगरका कृषक दाजुभाईहरुलाई पनि कृषि विकास बैँकले सन्तोषजनक सुविधा प्रदान गर्ने नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि राउतले बताउनु भयो । डिजिटल बैँकिङ्ग सेवा,मोवाईल बैकिङ्ग,एटिएम कार्ड,क्रेडिट कार्ड लगायतका सुविधा सहित शाखाको स्थापना गरिएको कृषि विकास बैँक सिन्धुलीका शाखा प्रमुख श्यामराज जोशीले बताउनु भयो ।
दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषि विकास बैँकका शाखा प्रमुख श्यामराज जोशी,जनप्रतिनिधिहरु,सुरक्षाकर्मी लगायत स्थानियबासीहरुको सहभागीता रहेको थियो । सोम प्रसाद न्यौपाने

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech