लालबन्दीले लगायो कालिन्जोर र लखन्देही खोला ठेक्का

376 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले कालिन्जोर रलखन्देही खोलाबाट नदीजन्य पदार्थको उत्खनन् तथा निकासी पैठारीका लागि ठेकका लगाएको छ।आर्थिक बर्ष २०८१/०८२ को लागि नदीजन्य पदार्थको उत्खनन्,घाटगद्दी,विक्री वितरण तथा आन्तरिक निकासी गर्नका लागि भन्दै कालिन्जोर खोला एक करोड २९ लाख ९८ हजार सात सय ६६ रुपैँया २९ पैसा र लखन्देही खोला एक करोड २८ लाख ७१ हजार नौ सय ५५ रुपैँया ४३ पैसामा महोत्तरीको बर्दिवास नगरपालिका ८ स्थित रहेको आदित्य सोनु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिले ठेक्का सकार गरेको लालबन्दी नगरपालिकाले जनाएको छ ।
कालिन्जोर खोलाको भोर्लेनी नाका,रानिगन्ज नाका,रेल्वे पुल नाका र जब्दी दोभान नाकाका साथै लखन्देही खोलाको बाहुने नाका,कोईरी टोल नाका,हिरापुर नाका,नवलपुर नाका,गणेश चोक नाका,मोहनपुर नाका र धङती टोला नाकाबाट नदीजन्य पदार्थको उत्खनन्,घाटगद्दी,विक्री वितरण तथा आन्तरिक निकासी गर्नका लागि भन्दै नगरपालिकाले असोज १ गते बोल पत्र आव्हान गरेको थियो ।
आवहान गरिएको बोलपत्र विद्युतिय प्रणाली मार्फत दर्ता गर्नु पर्ने र बोलपत्रहरु मध्ये अधिकतम मूल्यांकित बोलपत्र सारभूत रुपमा प्रभावग्राही भई मूल्यांकन समितिको सिफारिसको आधारमा स्वीकृत भए बमोजिम लालबन्दी नगरपालिकाको सार्वजनिक खरिद नियमावलि २०७६ को नियम १४० अनुसार महोत्तरीको बर्दिवास नगरपालिका ८ स्थित रहेको आदित्य सोनु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिले ठेक्का सकार गरेको लालबन्दी नगरपालिकाले जनाएको छ ।
लालबन्दी नगरपालिकाको भदौ ३१ गतेकोे निर्णय तथा स्थानीय सरकार संचालन ऐन,२०७४ को दफा ११ र दफा ६२ मा उल्लेखित व्यवस्था,नेपाल सरकारबाट जारी भएको “ढुङ्गा,गिट्टी तथा बालुवा उत्खनन्,बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड,२०७७ मा उल्लेखित मापदण्ड, मधेश प्रदेशको आर्थिक ऐन,२०८१ को दफा ८ मा निर्धारित प्रक्रिया,कालिन्जोर र लखन्देही खोलाको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण(आईईई)प्रतिवेदन,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,टंगाल,काठमाडौँको सुझाव र बोलपत्रमा उल्लेखित शर्त बमोजिम यस लालबन्दी नगरपालिकाले निर्धारित मापदण्ड बमोजिम नदिजन्य पदार्थ निकाली लालबन्दी नगरपालिकाले तोकेको दररेटमा बिक्री गर्ने गरी ठेक्का बन्दोबस्त गरेको जनाएको छ ।

सम्बन्धित समाचार