पूर्व प्रधानाध्यापक तिमल्सिनाको १३ औँ दिनको पुण्य तिथीमा जानकी मा.विमा श्रद्धान्जली

386 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित रहेको जानकी मा.विका पूर्व प्रधानाध्यापक ऋषिराम तिमल्सिनाको १३ औँ दिनको पुण्य तिथीमा जानकी माध्यमिक विद्यालय लालबन्दीमा श्रद्धान्जली कार्यक्रम गरिएको छ ।लालबन्दी नगरपालिका ७ स्थित रहेको जानकी मा.विका पूर्व प्रधानाध्यापक तिमल्सिनाको १३ औँ दिनको पुण्य तिथीमा नेपाल शिक्षक संघ जिल्ला कार्य समिति लालबन्दी,लालबन्दी नगर समिति र वाङ्मय परिषद्को संयुक्त आयोजनामा श्रद्धान्जली कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक हीरालाल महतोले जानकारी दिए ।
उनका अनुसार संघका लालबन्दी नगर अध्यक्ष टीकाराम श्रेष्ठको अध्यक्षता तथा संघका जिल्ला अध्यक्ष प्रवीण पासवानको प्रमुख आतिथ्यतामा आयोजित श्रद्धान्जली कार्यक्रममा जानकी माविका अध्यक्ष मेघराज फूँयाल,शिक्षक संघका प्रदेश उपमहासचिव रामप्रसाद दाहाल,प्रदेश प्रतिनिधि नवराज थापालगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा स्वर्गिय तिमल्सिनाको तस्बिरमा माल्र्यापणसहित उनको योगदानको चर्चा गरिएको विद्यालयका प्रधानाध्यापक महतोले जानकारी दिए ।

सम्बन्धित समाचार