बागमतीका पाँच सामुदायिक विद्यालयबाट ६६ प्रतिशत विद्यार्थी एसईईमा उत्र्तिण

130 Shares

सर्लाहीको बागमती नगरपालिका ५ स्थित राजघार सोल्टीमा रहेको जनता नमुना मा.वि.बाट एसईई परीक्षामा सहभागी भएका ८४ जना विद्यार्थीहरु सबै उत्र्तिण भएका छन्।कक्षा १० मा ९० जना विद्यार्थी रहेकामा तीन जना परीक्षामा अनुपस्थित रहेका थिए भने सहभागी भएका ८७ जना सबै २.४ भन्दा जिपिए ल्याएर उत्र्तिण भएका जनता नमुना मा.विका प्रधानाध्यापक लोकनाथ दाहालले जानकारी दिए ।
उनका अनुसार ३.६ देखि ४ जिपिए ल्याउने तीन जना,३.२ देखि ३.६ जिपिए ल्याउने ३७ जना,२.८ देखि ३.२ जिपिए ल्याउने ४२ जना र २.४ देखि २.८ जिपिए ल्याउने पाँच जना गरी कुल ८७ जना विद्यार्थीहरु अर्थात एसईई परीक्षामा सहभागी भएका सबै विद्यार्थीहरु उत्र्तिण भएका हुन।९० जना विद्यार्थीहरु मध्य तीन जना विद्यार्थीहरु परीक्षामा अनुपस्थित रहेका थिए भने परीक्षामा सहभागी भएका सबै ८७ जना नै विद्यार्थी उत्र्तिण भएका विद्यालय प्रशासनले जनाएको छ ।
त्यस्तै बागमती नगरपालिका ११ स्थित रहेको श्री ५ महेन्द्र जनता मा.विका ८९ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएकामा ६३ जना उत्र्तिण भएका छन् भने २६ जना अनुत्र्तिण अर्थात नन ग्रेडिङ भएका प्रधानाध्यापक नव किरण श्रेष्ठले जानकारी दिए ।उनका अनुसार ३.६ देखि ४ जिपिए ल्याउने दुई जना,३.२ देखि ३.६ जिपिए ल्याउने ११ जना,२.८ देखि ३.२ जिपिए ल्याउने ३० जना र २.४ देखि २.८ जिपिए ल्याउने २० जना गरी 
कुल ६३ जना विद्यार्थीहरु उत्र्तिण भएका छन् भने २६ जना विद्यार्थीहरु अनुत्र्तिण अर्थात नन ग्रेडिङ छन् कुल ९० जना विद्यार्थीहरु रहेका श्री ५ महेन्द्रमा एक जना विद्यार्थी परीक्षामा अनुपस्थित रहेका थिए साथै बागमती नगरपालिकाका सामुदायिक विद्यालयहरुबाट सहभागी विद्यार्थीहरु मध्य सबै भन्दा धेरै ३.८४ जिपिए ल्याउने यज्ञ अधिकारी श्री ५ महेन्द्र मा.वि कै विद्यार्थी रहेका छन् भने बागमती नगरपालिका ५ स्थित रहेको श्री जनता नमुना मा.विका विद्यार्थीहरु सबै भन्दा बढी पास हुनेमा परेका छन् ।
बागमती नगरपालिका २ स्थित धरहरामा रहेको जनवाल कल्याण मा.वि धरहराबाट एसईई परीक्षामा सहभागी भएका ४४ जना मध्य १७ जना विद्यार्थी उतिर्ण भएका जनवाल कल्याण मा.वि धरहराका प्रधानाध्यापक प्रकाश बहादुर जिम्वाले जानकारी दिए।उनका अनुसार बामगती नगरपालिका ८ स्थित शंकरपुरमा रहेको जन कल्याण मा.विका एक सय ७५ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी भएकामा एक सय ३१ जना पास भएका प्रधानाध्यापक बद्री पोख्रेलले जानकारी दिए।उनका अनुसार ३.२ देखि ३.६ जिपिए ल्याउने १७ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ७६ जना,२.४ देखि २.८ ल्याउने ३७ जना र २.० देखि २.४  जिपिए ल्याउने एक जना गरी कुल एक सय ३१ जना विद्यार्थीहरु उत्र्तिण भएका छन् ।यता,बागमती नगरपालिका १ स्थित मिलनचोकमा रहेको जनता मा.विका ५५ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी भएकामा छ जना पास भएका छन् ।

सम्बन्धित समाचार