परियोजनाका वन रक्षक महत्तोको विभत्स हत्या

266 Shares

सागरनाथ वन विकास परियोजना सर्लाहीमा कार्यरत चौकीदार (वन हेरालु) को विभत्स ढङ्गले हत्या भएको छ।सर्लाहीको ईश्वरपुर नगरपालिका २ राईटरखोरमा परियोजनामा कार्यरत एक जना कार्यरत चौकीदार (वन हेरालु)को ईश्वरपुर नगरपालिका २ राईटरखोर कै अन्दाजी वर्ष ४७ का रामइश्वर महतोको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरीका अनुसार महतोको टाउको नै काटिएको अवस्थामा शव फेला परेको छ । घरदेखि करिव पाँच सय मिटर पर परियोजनाको जङ्गलमा टाउको नभएको अवस्थामा चौकीदार महतोको शव फेला परेको हो ।
हत्यामा संग्लग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ।शनिबार बिहान करिब ५ बजे जङ्गल भित्र रुख काटेको आवाज सुनेपछि चौकीदार महतो त्यसतर्फ गएका परियोजनाले जनाएको छ।महतो दिउँसोसम्म पनि घर नफर्किएपछि परिवार र छिमेकीले खोजी सुरु गरेका थिए ।
परिवार र छिमेकील खोज्दै जाँदा जङ्गलभित्र टाउको गिँडेको अवस्थामा महतोको शव फेला परेको हो ।हत्या गरिएका महतोको अहिलेसम्म टाउको फेला परेको छैन् । परियोजनाका प्रमुखको रुपमा खेललाल वि.क. आएदेखि वन तथा वनजन्य पर्दाथको चोरी तस्करी न्यूनिकरण तर्फ रहेको अवस्थामा तस्करहरु छटपटाएका  परियोजना स्रोतले जनाएको छ  ।

सम्बन्धित समाचार