मापदण्ड विपरित नदी दोहन,सरोकारवाला निकाय मौन

157 Shares

सर्लाहीको लालबन्दी नगरपालिका स्थित कालिन्जोर खोलामा मापदण्ड विपरित उत्खन्न भएको पाइएको छ।लालबन्दी नगरपालिकाले चालु आर्थिक वर्षका लागि भदौ १९ गते सिन्धुलीको कमलामाई नगरपालिका ६ ठेगाना रहेको कुण्डलिनी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले ठेक्का सम्झौता गरेर कालीन्जोर खोला उत्खन्न मापदण्ड विपरित रहेको पाइएको भएपनि सरोकारवाला निकाय मौन बसेको छ । 
लालबनदी नगरपालिकाले रु एक करोड ५८ लाख १६ हजार छ सय(भ्याट)बाहेक प्रचलित कानुन सहित सार्वजनिक खरिद नियमावली २०७६ को नियम १४० को प्रयोजनार्थ भनि बोलपत्र आव्हान गरेको भएपनि रु एक करोड ८० लाख ८० हजार दुई सय २६ मा ७९ हजार ८३ घन मिटर नदीजन्य पदार्थ(ढुङ्गा,गिट्टी र बालुवा) उत्खन्न,संकलन तथा बिक्रि वितरणका लागि कमलामाई नगरपालिका ६ ठेगाना रहेको कुण्डलिनी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले ठेक्का सकार गरेको थियो ।
वातावरणिय प्रभाव मुल्यांकन अनुसार विहान सूर्य उदाएदेखि बेलुका सूर्य अस्ताउँदा सम्म मात्रै दैनिक दुई सय ९२ दशमलव ९ घन मिटर मात्रै नदीजन्य पदार्थ(ढुङ्गा,गिट्टी र बालुवा) उत्खन्न,संकलन तथा बिक्रि वितरण गर्न पाउने भएपनि ठेक्का लिएको कम्पनीले विहान ४ बजेदेखि राती ८ बजे सम्म ४ वटा स्काभेटर र ४८ वटा टिपरहरुको प्रयोग गरेर दैनिक चार सय ८० टिप सम्म अर्थात करिब पाँच हजार पाँच सय २० घन मिटर नदीजन्य पदार्थ(ढुङ्गा ,गिट्टी र बालुवा) उत्खन्न,संकलन तथा बिक्रि वितरण गरेको पाइएको हो ।तर,सरोकारवाला निकाय लालबन्दी नगरपालिका,जिल्ला समन्वय समिति सर्लाही सहित जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालय सर्लाही मौन देखिएका स्थानीयको आरोप छ ।
ठेकेदार कम्पनीले नदीजन्य पदार्थ(ढुङ्गा,गिट्टी र बालुवा) उत्खन्न,संकलन तथा बिक्रि वितरणको तथ्यांक नराखेको,उत्खन्न स्थलमा सिमांकन नगरेको,सूचना बोर्ड नराखेको साथै अनलाईन राजश्व नतिरी सरकारी राजश्वमा हानी नोक्सानी पुर्याएको भएपनि सरोकारवाला निकाय मौन देखिँदा सरोकारवाला निकाय कै मिलेमतोमा अवैध तरिकाबाट मापदण्ड विपरित नदीजन्य पदार्थ(ढुङ्गा,गिट्टी र बालुवा) उत्खन्न,संकलन तथा बिक्रि वितरण गरेको स्थानीयको आरोप छ ।

सम्बन्धित समाचार