सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले प्लाष्टिक व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।हरिहरपुरगढी गाउँपालिका २ झनझनेमा कफसन नेपालको आयोजना तथा वन डिभिजन कार्यालय मरिणकोे समन्वयमा प्लाष्टिक व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको हरिहरपुरगढी गाउँपालिकाको योजना शाखाका राजु उप्रेतीले जानकारी दिए ।उनका अनुसार हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइवाको अध्यक्षता एवम भूमि समस्या समाधान आयोग सिन्धुलीका अध्यक्ष कौशल कोइरालाको प्रमुख आतिथ्यतामा प्लाष्टिक व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
प्लास्टिकजन्य फोहोर नियन्त्रणमा सबै जिम्मेवार बन्नुपर्ने हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवाले बताए ।उनले विद्यालय व्यवस्थापन समिति,बजार व्यवस्थापन समिति र वडा समितिलगायत सबैले महत्वपुर्ण भूमिका खेल्नुपर्ने समेत बताए ।प्लास्टिकले धेरै प्रदूषण बढाउँछ भन्ने कुरामा सचेत गराइ राख्नु नपर्ने बताउँदै फोहोर व्यवस्थापनको चेतना सबैमा आउनुपर्ने कार्यक्रमका वक्ताहरुले बताए ।
कार्यक्रममा भूमि सुधार तथा मालपोत कार्यालय सिन्धुलीका प्रमुख नीर बहादुर दाहाल,डिभिजन वन कार्यालय मरिणका प्रमुख एवम डिभिजन वन अधिकृत अजयकुमार मानन्धर,भूमि सुधार तथा नापी कार्यालय सिन्धुलीका प्रमुख आशिष चालिसे,प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा लगायतको उपस्थिती रहेको थियो ।