सिन्धुलीमा सवारी ज्यान मुद्धामा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सवारी ज्यान मुद्दामा फरार रहेका कमलामाई नगरपालिका ११ सानोभडारका ३१ वर्षका बिपुल विकलाइ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत सिन्धुलीको २०७५ बैशाख २० गतेको फैसला अनुसार वि.क सवारी ज्यान मुद्दामा ८ दिनको कैद भुक्तान नगरि फरार रहेका थिए । फरार रहेका वि.क.लाई इलाका प्रहरी कार्यालय भिमानको प्रहरी टोलीले बिशेष सुराकीको आधारमा दुधौली नगरपालिका ६ जगाडीमा लुकिछिपि बसेको अवस्थामा साउन १ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका वि.क.लाई जिल्ला अदालत सिन्धुलीमा बुझाईएको छ ।