Close This

प्रहरीको फितलो अनुसन्धान,१४ महिनामा पनि फेला परेन दुर्घटना गराउने सवारी साधन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१८ गते   १३७२ पटक हेरिएको

२०७७ कात्तिक १० गते राति करीब ८ः३० बजे सम्ममा नवलपर–मलङ्गवा सडकखण्डमा नवलपुर चोकभन्दा करीब ७ सय मिटर दक्षिण भएको सवारी दुर्घटनाको ट्याक्टर अझैँ फेला परेको छैन । प्रहरीले नम्बर नखुलेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएको भन्दै अर्काे दुर्घटनामा संग्लग्न नभएको अर्कौ ट्याक्टर नियन्त्रणमा लिएको थियो । 
लालबन्दी नगरपालिका–२ स्थित नवलपुर चोकभन्दा करीब ७ सय मिटर दक्षिण नवलपर–मलङ्गवा सडकखण्डमा नम्बर नखुलेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएर उक्त ट्याक्टर फरार भएको थियो । ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार लालबन्दी नगरपालिका २ का अन्दाजी वर्ष १८ का अङ्कुश पासवानको मृत्यु भएको थियो । दुर्घटनापश्चात् इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले दुर्घटना गराउने ट्याक्टरको खोजतलास गरेको थियो । तरर दुर्घटनामा संलग्न नै नभएको लालबन्दी नगरपालिका २ का नेपाली सेनाका अवकाश प्राप्त सुवेदार थीरबहादुर खड्काको ट्याक्टर दुर्घटनामा संग्लग्न भएको भन्दैप्रहरीले बहादुरी देखाउन नियन्त्रणमा लियो ।
मृतक पासवानको घरपरिवार समेतले मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरको नं नखुलेको बयान दिएको भए पनि प्रहरीले दुर्घटनामा संलग्न नै नभएको सो ट्याक्टरका धनि खड्का र चालकलाई नियन्त्रणमा लिएर कार्बाही प्रक्रिया अघि बढायो । पीडित खड्काको ट्याक्टरले दुर्घटना नगराएको भए पनि खड्कालाई गत माघ १५ देखि फागुन ७ गतेसम्म प्रहरीले सिन्धुली कारागारमा राखेको थियो । भने उक्त ट्याक्टरका चालक अहिले पनि सिन्धुली कारागार मै छन् ।
गत फागुन ७ गते रु १ लाख ५० हजार धरौटी बुझाएर पीडित खड्का जेलमुक्त भए । जेलमुक्त भए लगतै खड्काले दुर्घटना गराई फरार भएको ट्याक्टर र त्यसका चालकको खोजी गरी सजाय दिन र निर्दोष हुँदाहुँदै कारागारमा बसेर कैदीजीवन बिताइरहेका आफ्ना निर्दोष चालक लालबन्दी नगरपालिका २ का फेकन रामको रिहाइ र प्रहरीले नियन्त्रणमा लिएर राखेको आफ्नो ट्याक्टर र ट्याक्टरमा लाग्ने अन्य कृषि यन्त्र छुटाइदिन हारगुहार शुर गरे  । आफ्नो ट्याक्टरले दुर्घटना नगराएको भन्ने सम्पूर्ण प्रमाणहरु समेत प्रहरीलाई बुझाइसकेको भए पनि हालसम्म यस विषयमा प्रहरी प्रशासनले कुनै चासो नलिएको र प्रहरीले यो विषयमा आफ्नो सबुत लिएर अदालत जान भनेको पीडित ट्याक्टर धनि खड्काले बताए ।
अरूले नै गरेको अपराधको सजाय भोगेर थुनामुक्त भएपछि अदालतीय प्रक्रियामार्फत भए पनि वास्तविकता बाहिर ल्याउने पक्षमा रहेका खड्का परिवारले दुर्घटनामा संग्लग्न ट्याक्टर सर्लाहीको हरिवनका कविन कार्कीको नाममा  २०७७ कार्तिक ९ गते सिरहाको लहानको मेस्सि सोरुमबाट निस्केको,दुर्घटना गराएको समयमा उक्त ट्याक्टर अनटेष्ट रहेको,ट्याक्टरका चालक फरार रहेका,ट्याक्टरका सहचालकले कविन कार्कीको ट्याक्टरले दुर्घटना गराएको बताएका,उत्तः दुर्घटनको समयमा सह चालक आफैँ रहेको बताएपछि खोजी गर्दै जाँदा सो प्रमाणित भएको पीडित खड्का परिवारले बताएका छन् । ट्याक्टर निकालेको करिब १ हप्ता पछि उक्त ट्याक्टरको नम्बर प्रदेश २–०१–००१ त ०८१३ प्रमाणित भएको खड्का परिवारले बताएका छन् ।
उक्त ट्याक्टरका चालक विजय गिरी सोहीदिन देखि फरार हुनु,ट्याक्टरका सह चालकले कविन कार्कीको अनटेष्ट ट्याक्टरले नै दुर्घटना गराएको बताउनु,पीडित पक्षले आफुहरुसंग हाल सम्म पनि क्षेतीपुर्तिको माग नगर्नु,साथै खड्काको ट्याक्टरका चालकले जेलबाट पनि केही राजनैतिक दलका नेताहरुले आफुलाई दुर्घटना गराएको स्विकार नगरे परिवार नै सिध्याइ दिने धम्की दिएका बताएको आधारमा दुर्घटना गराउने ट्याक्टर प्रदेश २–०१–००१ त ०८१३ नै रहेको खड्का परिवारको दाबी छ । उक्त ट्याक्टरका चालक गिरी दुर्घटना भएदेखि फरार रहेका छन् । 
एक निर्दोष व्यक्ति अहिले न्यायका लागि प्रहरी प्रशासन तथा न्यायालयको आश्रय खोजी रहेका छन् भने दुर्घटना गराउने ट्र्याक्टर फेला परेपनि प्रहरी मौन देखिएको छ । प्रहरीले खोजी कार्य नगरेको र पछि केही मानिसहरुको सहयोगमा दुर्घटना गराउने ट्याक्टर प्रमाणित भएको पीडित परिवारको भनाई छ ।  तर प्रहरीले सो कुरा स्विकार गरिसकेको छैन । पीडित खड्काका छोरा वसन्त खड्काले बताउनु भयो ।
प्रहरीले तयार पारेको घटना प्रकृति मुचुल्का, माथिल्लो निकायलाई पठाएको टिपोट, रेफर गरी पठाइएको जिल्ला प्रहरी कार्यालयबाट आएको परिपत्र सबैमा प्रहरीले केही केर मेट गर्नुले पनि दुर्घटनामा संग्लग्न सवारी साधन लुकाउने पक्षमा प्रहरी आफैँ रहेको र सोही निर्दाेष ट्याक्टरलाई कार्वाहीको भागेदार बनाउने पक्षमा रहेको देखिएको पीडितको आरोप  छ ।
दुर्घटनामा संग्लग्न सवारी साधनका सह चालकले सबै विवरण बताउनु, उक्त सवारी साधनका चालक सोही दिनदेखि फरार हुनु, पीडितले खड्कासँग क्षतिपूर्तिको माग नगर्नु, प्रहरीले घटना प्रकृति मुचुल्का, माथिल्लो निकायबाट आएको पत्रलगायत कागजातमा केरमेट गर्नुले आफुहरुलाई पहिला नै शंका लागेको वसन्तले बताए ।
यसले प्रहरी र दुर्घटनामा संलग्न सवारी साधनका धनी कार्की बीचको मिलेमतो रहेको आशङ्का गर्न सकिन्छ् । भने दुर्घटनामा संग्लग्न सवारी साधन अहिले पनि सर्लाहीको हरिवन नगरपालिका ४ को जय मातादी इट्टा उद्योगमा सञ्चालन भई रहेको छ । 
प्रहरीले दुर्घटना गराउँने ट्याक्टरका साहु कार्कीसंग आर्थिक चलखेल गरी आफुहरुलाई फसाएको पीडित पक्षको आरोप  छ । साथै हाल जेलमा रहेका चालककी श्रीमती अनिता देवी रामले आफुलाई ज्यान मार्ने सम्मको धम्की आएको प्रहरीलाई बताएकी छन् ।
 मृतकका आफन्तले जाहेरी दिनु भन्दा पहिला नै ट्याक्टर नियन्त्रणमा लिएको र पछि जाहेरी दिएको पाइएको छ भने निर्दाेष ट्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीले बहादुरी देखाएको तर दुर्घटनामा संग्लग्न ट्याक्टर खुलेआम हिडि रहेको मृतकका आफ्न्तहरुको पनि भनाई छ ।
दुर्घटना भएको ९ महिना पछि उक्त दुर्घटना गराउने ट्याक्टर पीडित खड्का पक्षले पहिचान गरेका थिए भने प्रहरीलाई समेत जानकारी गराएको बताएका छन् ।पीडतका अनुसार पहिलाका सबै प्रमाणहरुका आधारमा ट्याक्टरको खोजी गर्दै जाँदा उक्त दुर्घटना गराउने ट्याक्टर फेला परेको र प्रहरीलाई जानकारी गराएको पीडित पक्षको भनाई छ । साथै सबै सबुत प्रमाण सहित आफुहरु अदालतीय प्रक्रियामा जाने वसन्तले बताउनुभयो । 
उक्त दुर्घटनाको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले अनुसन्धान गरेका थिए । दक्षिण यसिया मै अनुसन्धानमा उत्कृष्ट ठहरिएको नेपाल प्रहरी दुर्घटना गराउने सवारी साधन अरुले खोजेर दिँदा समेत नियन्त्रणमा दिने तागन राख्दैन ।
प्रहरीले आफ्नो बहादुरी देखाउन दुर्घटना भएको तीनदिनपछि निर्दाेष ट्याक्टर घरैबाट नियन्त्रणमा लिएको थियो सो ट्याक्टर अहिले पनि ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको छ । भने दुवै पक्षका पीडित न्यायको खोजीमा न्यायलय धाई रहेका छन् ।
यता, दुर्घटना गराउने ट्याक्टरको विषयमा आवश्यक अनुसन्धान गर्ने वताएका तत्काmलीन प्रहरी प्रमुख प्रहरी उपरिक्षक राठौरको पनि सार्वजनिक स्थलमा तास खेलेको भिडियो सार्वजनिक भएपछि सरुवा भएको छ । भने दुर्घटना गराउने ट्याक्टर खुलेआम रुपमा हिडि रहेका छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech