Close This

अनिवार्य मास्कको प्रयोग गर्न सर्लाही प्रहरीको अनुरोध

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-११ गते   ३६७ पटक हेरिएको

 जिल्ला प्रहरी कार्यालय सर्लाहीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले विश्वव्यापीरूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै सचेतनामूलक अभियान सञ्चालन गरेको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो ।
प्रहरी उपरीक्षक राठौरले सार्वजनिक गाडीमा कोरोना संक्रमणको सम्भावना बढी रहेकाले मास्कको प्रयोगलाई कडाइ गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिनु भयो । नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा सडकमा बसेर मास्क अनिर्वाय लगाउन आग्रह गरेको र नलगाउनेहरुलाई कार्बाही समेत सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक केदारमान दोङ्गले बताउनु भयो । 
मासक नलगाई हिड्ने यात्रु,सवारीका चालक,सह चालकहरुलाई मास्क नलगाए वापत रु एक सय रुपैँया जरिवाना समेत गरिने प्रहरीले जनाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा सडकमा पर्चा, पम्प्लेट र प्ले कार्डमार्फत सचेतनामूलक कार्यक्रम गरेरै तपाईको मास्क खोई भनेर अभियान चलाएको हो । पछिल्लो समय नेपालमा दैनिक दुई हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको चिकित्सकहरुले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech