Close This

हरिवनमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुद्वारा हाई वे बन्द

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२० गते   ११६५ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित कडरिचाेकमा  नेकपा(माओवादी केन्द्र) का नेता कार्यकर्ताहरुले पुर्व पश्चिम लाेकमार्ग अवरुद्ध पारेका छन् ।
दुई दिन पहिला नेकपा(माओवादी केन्द्र) सर्लाही ३ कि समानुपातिक  तर्फकी उम्मेदवार माया बलमाथी आफुलाई नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विप्लव समूहका नेता बताउने हरिकृष्ण पाैडेलले ढुंगामुढा प्रहार गरेका थिए ।
 चुनाव प्रचार प्रसारमा प्रयाेग भएको स्कापियाे माथी ताेडफाेड गरेपछि ईलाका प्रहरी कार्यालय हरिवनले पाैडेललाई नियन्त्रणमा लिएको थियाे।
तर शनिवार ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले दुईपछ विच छलफल नै नगराई पाैडेललाई माथिकाे आदेश भन्दै छाेडेका थिए । त्यसपछि आफुहरसंग समन्वय नगरी पाैडेललाइ छाडिएको विषयमा आपत्ति जनाउँदै सर्लाही ३ कि समानुपातिक उम्मेद्वार बलकाे नेतृत्वमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले सडकमा शान्तिपूर्ण चक्का जाम गरेका हुन ।
 आईतबार बिहान ९:३० बजेदेखि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले सडकमै बेच्न राखेर बसी दाेषीलाइ यथासिघ्र नियन्त्रणमा लिन दवाव दिएका हुन । उनिहरुले दाेषीलाई प्रहरीले यथासिघ्र नियन्त्रणमा लिए आफुहरुले सहजै  चक्काजाम खाेलीदिने बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech