बाराको जितपुरसिमारा उप महानगरपालिका २१ स्थित दुधौरा खोलाको झुलुङ्गे पुलको भित्री सडक खण्डबाट प्रतिवन्धित लागु औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जितपुरसिमारा उप महानगरपालिका २१ स्थित दुधौरा खोलाको झुलुङ्गे पुलको भित्री सडक खण्डबाट अन्दाजी ८ किलो प्रतिवन्धित लागु औषध गाँजा सहित २ जना सहित २ वटा मोटरसाईकल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायन उपरिक्षक दधिराम नौपानेले जानकारी दिए ।
उनका अनुसार कलैया उपमहानगरपालिका १० मटिअर्वा का अन्दाजी वर्ष २५ का रंजित प्रसाद चौरसिया र जितपुरसिमारा उपमहानगरपालिका ३ स्थित छटिमाई का अन्दाजी वर्ष ३४ का मकसुधन राउत बरैलाई अन्दाजी ८ किलो प्रतिवन्धित लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको हो ।चौरसियाको साथबाट ना.२५.प.५८१४ नम्बरको मोटरसाईकल सहित अन्दाजी ४ किलो प्रतिवन्धित लागु औषध गाँजा र बरैको साथबाट प्रदेश ३–०२–००६.प.२३९ नम्बरको मोटरसाईकल सहित अन्दाजी ४ किलो प्रतिवन्धित लागु औषध गाँजा बरामद् भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।नियन्त्रणमा लिएका २ जना,२ वटा मोटरसाईकल र अन्दाजी ८ किलो प्रतिवन्धित लागु औषध गाँजा आवश्यक अनुसन्धान र कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक न्यौपानेले जानकारी दिए ।