जमानत जफत भएपछि अतालिएकाहरुले चरित्र हत्या गरे : गाउँपालिका अध्यक्ष मोक्तान

215 Shares

सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)ले आफुमाथि अनावश्यक मिडियाबाजी भएको गुनासो गरेका छन्।भरखरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार एवम निवर्तमान प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)लाई हराउन बागी उम्मेदवारी दिएका उम्मेदवारको जमानत जफत भएपछि सोही विषयलाई लिएर आफुमाथि अनावश्यक मिडिया बाजी गरि चरित्र हत्या गर्ने काम भएको भन्दै उनले गुनासो गरे ।
“भरखरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार एवम निवर्तमान प्रतिनिधि सभा सदस्य राजनलाई हराउन बागी उम्मेदवारी दिएका महेश्वर दाहालको जमानत जफत भएपछि छटपटीमा परेका महेश्वरले अनावश्यक समाचार लेख्न लगाई मरिण गाउँपालिका र आफ्नो चरित्र हत्या गर्ने काम गरेका छन्।उनले नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार एवम निवर्तमान प्रतिनिधि सभा सदस्य राजनमाथि निर्वाचन अवधिभरमा शाब्दीक आक्रमण भई रहेको र राजनलार्ई जिताउनका लागि भूमिका खोलेको देखेपछि आफुमाथि पनि शाब्दीक आक्रमण भएको हो।ठूलो रकमको कार्यक्रम मागेर सो माग पुरा गर्न नसक्ने गाउँपालिकाले जवाफ दिएपछि शाब्दीक आक्रमण भएको छ।म माथि व्यत्तिगत कुनै उजुरी कही नरहेको साथै गाउँपालिकाका सवालमा केही मुद्धाहरु परेका भएपनि देशको सुशासनमा मरिण गाउँपालिका अब्बल रहेको छ।उक्त समाचार स्वार्थ राखेर तथा प्रतिसोध साँध्नका लागि लेखिएको हो।त्यो समाचारमा कुनै सत्यता छैन्।”मरिण गाउँपालिकाका अध्यक्ष मोक्तानले कमलामाई मिडिया प्रा.लिलाई बताए ।

सम्बन्धित समाचार