पुर्व पश्चीम यसियन हाईवेको स्तरोउन्त्तीको काम आगामी साताबाट सुरु हुने भएको छ ।लामो समयदेखि चर्चा र प्रतीक्षाको केन्द्रमा रहेको पूर्वपश्चिम यसियन हाईवे कमला ढल्केबर पथलैया सडक आयोजना स्तरोन्नत्तिको काम आगामी साताबाट सुरु गर्ने तयारी गरिएको हो ।
पूर्वी खण्डको कमला ढल्केबर बागमती ७४ दशमलव ७५ किलोमिटर लम्बाइएको यो सडक विस्तारका लागि प्रक्रियागत कामहरु अन्तिम चरणमा पुगेको र निर्माण सुरु गर्न निर्धारित समयको प्रतीक्षामा रहेको कमला ढल्केबर पथलैया सडक आयोजनाका प्रमुख छविलाल पौडेलले जानकारी दिए ।उनका अनुसार विश्व बैंकको रु १८ अर्ब ६० करोड सहयोगमा पूर्वी खण्डको सन् २०२५ जनवरी १ अर्थात् पुस १६ गतेदेखि कमला पुल पश्चीम, धनुषा जिल्लाको बडहरी र सर्लाहीको फूलजोर गरी तीन ठाउँबाट एकै साथ स्तरोन्नत्तीको काम सुरु हुने छ ।
बर्दिवास नगरपालिकाका नगर प्रमुख पह्लाद क्षेत्रीको संयोजकत्वमा गठन भएको गुनासो व्यवस्थापन समितिले सडक स्तरोन्नत्ति हुने खण्डमा पर्ने वडाका वडाध्यक्षहरु,आयोजना प्रमुख पौडेल, परामर्शदाता र निर्माण व्यवसायी कम्पनीका प्रमुखहरुको प्रतिनिधि मूलक छलफल भएपछि पुर्व पश्चीम यसियन हाईवेको स्तरोउन्त्तीको काम चाँडै हुन लागेको पाइएको हो।त्यस्तै,इन्जिनियरहरु भोलाप्रसाद साह,राजकिशोर सिंह र रमेशकुमार पाण्डेयको संयोजकत्वमा क्रमशःलट नं १,२ र ३ का लागि गुनासो व्यवस्थापन उप समिति समेत गठन गरिएको छ ।नेपाल सरकार र विश्व बैंकबिच १७ जुलाई २०२० मा भएको वित्तीय सम्झौता कार्यान्वयनका लागि गुनासो व्यवस्थापन समिति र उपसमिति गठन गरिएको समितिका संयोजक क्षेत्रीले बताए ।
उनका अनुसार सडक स्तरोन्नत्तीका लागि तयार पारिएको वातावरणीय तथा सामाजिक प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भए बमोजिम निर्माण कार्यान्वयनका क्रममा देखापर्ने समस्या,गुनासो,विरोध र विमति जस्ता परिस्थितिको उचित व्यवस्थापन गरी आयोजना कार्यान्वयनलाई प्रभावकारी ढङ्गमा अघि बढाउन समिति गठन गरिएको हो हाइवे स्तरोन्नत्तीका अघिल्ला प्याकेजहरु सुस्त गतिमा भएको भनि चौतर्फी आलोचना भइरहेको बेला कमला ढल्केवर पथलैया सडक आयोजनाको पूर्वी खण्डको काम तीव्र गतिमा अघि बढाउन तीन लटमा ठेक्का व्यवस्थापन गरिएको आयोजना प्रमुख पौडेलले बताए ।
स्तरोन्नत्ती हुन लागेको पूर्वी खण्डको पहिलो लटमा पर्ने कमला बडहरी २२ दशमलव सात किलोमिटर सडक इकेके इन्फ्रास्ट्रकचर लिमिटेड इन्डियाले रु पाँच सय ८० करोडमा ठेक्का कबोल गरेको छ।त्यस्तै दोस्रो लटमा पर्ने बडहरी फुलजोर २९ दशमलव ७४ किमी र तेस्रो लट अन्र्तगतको फूलजोर बागमती २२ दशमलव ९४ किमी चाइनिज कम्पनी एसडब्ल्यु इजे र रखुवा कन्सट्रक्सन कम्पनी, आरसीसी ज्वाइन्ट भेन्चरले रु एक हजार दुई सय ८० करोडमा ठेक्का लिएको आयोजनाका आयोजना प्रमुख पौडेलले बताए।
उनका अनुसार यो ठेक्का कमला र बागमती पुल बाहेकको हो।पूर्वी खण्डमा पर्ने यी दुवै नदीमा नयाँ प्रविधिको सिग्नेचर पुल वन्ने निश्चित प्रायःभए पनि यसको ठेक्का भने अझै लागि सकेको छैन् ।अहिलेको दुई लेनको पूर्व पश्चिम राजमार्गलाई एशियाली मापदण्ड अनुसार १८ मिटर चौडाइको चार लेनमा स्तरोन्नत्ती गर्न लागिएको हो।मध्य भागमा रहेको चार मिटर चौडाइको “मेडियन”ले सडकलाई दुई(दुई लेनमा छुट्टयाउने छ ।सडकलाई चार लेनमा स्तरोन्नत्ती गर्ने भनिए पनि बजार तथा व्यापारिक क्षेत्रमा सडकको दुवैतिर साढे छ/साढे छ मिटर सर्भिस लेनसहित छ लेनको सडक हुने छ ।
यी स्थानका सडकलाई ३१ मिटर फराकिलो पारिने छ ।यसका साथै सर्लाहीका लालबन्दी,नवलपुर, हरिवन र नयाँरोडका साथै धनुषाको वीरेन्द्रबजारमा फ्लाइओभरसहित अण्डरपास निर्माण गरिने आयोजनाले जनाएको छ।आयोजनाका अनुसार “पूर्वी खण्डमा सन् २०२५ को जनवरी १ तारिखबाट तीनवटै लटको कार्य एकैसाथ प्रारम्भ गरी तीन वर्षभित्र स्तरोन्नत्ती गरि सक्नुपर्नेछ।ठेकेदार कम्पनीहरुले निर्माण सम्पन्न नगरी जिम्मेवारीबाट पन्छन पाउने छैनन्।पाँच वर्षसम्म मर्मतसम्भार पनि उनीहरुले नै गर्नुपर्ने सम्झौता भएको छ ।”