Close This

बागवानीको आइसोलेशन सञ्चालनको तयारीमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१७ गते   २०८ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा रहेको जिल्लाकै आइसोलेसन सेन्टरको सरसफाई गरि सञ्चालनको लागि तयार पारिउको छ । कोभिड १९ को नयाँ लहरले सबैलाई त्रसित बनाएको बेला बन्द भएका आइसोलेसन सेन्टर धमाधम सञ्चालनको तयारीमा रहेका छन् ।
लालबन्दी नगरपालिका १ स्थित उष्ण प्रादेशिय बागवानी केन्द्रको भवनमा तयार पारिएको आइसोलेसन पुन ः सञ्चलनमा ल्याउने तयारी गरिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो ।
यस अघि अस्थायी केन्द्रको रुपमा संञ्चालित केन्द्र प्रयोगविहिन अवस्थामा भएकोले मर्मत सम्भार तथा सरसफाई गरी जनशक्तिको व्यावस्थापन गरि  सञ्चालनमा ल्याउने तयारी गरिएको नगर प्रमुख खड्काले बताउनु भयो  । सो आईसोलेसनमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको टोली खटिने नगरपालिकाले जनाएको छ । शसस्त्र प्रहरी अस्थायी बेस क्याम्प हरिवनका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी नायव उपरिक्षक जगन्ननाथ खड्का सहित नेपाली सेनाको टोली मिलेर सरसफाई गरि वेडको व्यावस्थापन गरि सकेको लालबन्दी नगरपालिका १ का वडा अध्यक्ष पञ्चलाल स्यांवोले जानकारी दिनु भयो ।
पहिला पनिसञ्चालनमा आएको उक्त आइसोलेसनको सरसफाई गरि वेड मिलाएर तयारी अवस्थामा राखिएको शसस्त्र प्रहरी नायव उपरिक्षक खड्काले बताउनु भयो । उहाँका अनुसार उक्त स्थानमा रहेका २४ वटा वेडलाई मिलाएर कोरोना संक्रमित आाए लगतै राख्ने सक्ने अवस्थामा तयार पारिएको हो ।
नगरका जनप्रतिनिधिहरु ,स्वास्थ्यकर्मीहरु,नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले अनुगमन गरि आवश्यक परेको खण्डमा सञ्चालन गर्न सक्नेगरि तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech