नगरप्रमुखको जन्म दिन नगरबासीले मनाइदिए

3.7k Shares

सर्लाहीको हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईको जन्मदिन हरिवन नगरवासीहरुले धुमधामका साथ मनाइदिएका छन । हरिवन नगरको विकास निर्माणमा उल्लेखनिय तथा सहरानीय कार्य गरेको भन्दै नगरवासीहरुले नै कार्यक्रमको आयोजना गरी नगर प्रमुख प्रसाईको जन्म दिन मनाइ दिएका हुन ।


नगर प्रमुख प्रसाईका जन्मदिनको अवसरमा हरिवन नगरपालिका  ९ मा रहेको जय सन्तोषी माँ कृषि महिला समुह र हरिवन नगरपालिका ८ को जन चेतना महिला समुह लगायत हरिवन भित्र सक्रिय सामाजिक संस्था समुहहरु र नगरवासीहरुले उत्साहजनक रुपमा नगर प्रमुख प्रसाईको जन्म दिन मनाइ दिएका नगर प्रमुख प्रसाईका स्वाकीय सचिव युवराज अचार्यले जानकारी दिनु भयो ।
आफुले नगरवासीको आशा, भरोसा र विश्वास कहिलै पनि टुट्न नदिने नगर प्रमुख प्रसाईले बताउनुभयो ।उहाले आफु निरन्तर रुपमा जन्ताको सेवा गर्ने, हरिवन नगरलाई समृद्ध बनाउने दिशा तर्फ लागि रहेको बताउनु भएको छ ।
यसैगरी जन्म दिनको अवसरमा नगर प्रमुख प्रसाईले सर्भिस फर पिस द्धारा संचालित बाल संस्थालाई शैक्षिक सामाग्री र खाधान्न, सुखेपोखरीमा रहेको वृद्ध आश्रमलाई खाधान्न सहयोग गर्नु भएको छ भने वृद्धवृद्धा र अपाङ्गता भएका ३० जनालाई दोसल्ला ओढाएर सम्मान समेत गर्नुभएको नगर प्रमुख प्रसाईका स्वकीय सचिव अचार्यले जानकारी दिनुभयो ।
जन्म दिनको अवसरमा आयोजित कार्यक्रममा नगर उप–प्रमुख रेणुका पौडेले, विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, युवाहरु लगायत नगरवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार