बागमती नगरपालिकाको शिक्षा सुधारमा अर्काे जुक्तिः शनिबार र विदाको दिन परीक्षा पुर्व तयारी अभ्यास स्वरुप परीक्षा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-१३ गते   १३५७ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी

सर्लाहीको बागमती नगरपालिका भित्रका सामुदायिक विद्यालयको सिकाइ सुधारका लागि नगरपालिकाले नयाँ जुक्ति निकालेको छ । यसका लागि नगरपालिकाले शनिवार र सार्वजनिक बिदाको दिन परि परीक्षा पुर्व तयारी अभ्यास स्वरुप परीक्षा लिन शुरु गरेको हो ।
कक्षाकोठाको शिक्षण सिकाइ राम्रो भएपनि विद्यार्थीहरुले परीक्षामा राम्रो अंक ल्याउन नसकिरहेको अवस्थामा नगरपालिकाले सिकाइ सुर्धार्ने नयाँ जुक्ति लगाएको छ । शुरुमा विद्यार्थीहरुको अंक किन राम्रो आएन भनेर नगरपालिकाले सुक्ष्म अध्ययन गर्यो । जसमा विद्यार्थीहरुको औषतस्तर फरक फरक रहेको तथा परीक्षामा उनीहरु डरको कारण जानेको कुरा पनि लेख्न नसकिएको पत्ता लागेपछि नगरपालिकाले शनिवार र सार्वजनिक बिदाको दिन परि परीक्षा पुर्व तयारी अभ्यास स्वरुप परीक्षा लिन शुरु गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए ।
‘हामीले गएको हप्तादेखि शनिवार र बिदाको दिन परीक्षा पुर्व तयारी अभ्यास स्वरुप परीक्षा लिन शुरु गर्यौं । यसले एकातिर विद्यार्थीहरुको परीक्षा प्रतिको डर वा भय कम गर्ने र अर्कोतिर उनीहरुको वास्तविक स्तर पत्ता लगाउँछ ।’शिक्षा शाखा प्रमुख उपाध्यायले बताए ।उनका अनुसार ‘परीक्षा पुर्व तयारी अभ्यास स्वरुप लिइएको परीक्षा पछि कमजोर विद्यार्थीहरु पत्ता लगाएर उनीहरुका लागि थप उपचारात्मक र सुधारात्मक कक्षा चलाउने नगरपालिकाको योजना छ ।’
प्रायःविद्यार्थीहरु परीक्षाको अगाडि मात्रै तयारी गर्ने भएकाले पनि विद्यालयहरुमा शनिवार रविदाको दिनमा पनि नियमित परीक्षा पुर्व तयारी अभ्यास स्वरुप परीक्षा लिँदा हप्ताभरी कै पढाइ परीक्षा तयारी जस्तै हुने गरेको शिक्षा शाखा ओम बहादुर कार्कीले बताए ।उनका अनुसार अहिले कक्षा ५, ८ र १० का विद्यार्थीहरुको लागि शनिवार र विदाको परीक्षा पुर्व तयारी अभ्यास स्वरुप परीक्षा लिन शुरु गरिएको छ ।
नगरपालिकाले कक्षा ५, ८ र १० मा नगरपालिकास्तरमा परीक्षा सञ्चालन गर्दै आएको छ। शनिवार र विदाको दिनको परीक्षा पुर्व तयारी अभ्यास स्वरुप परीक्षाले ती परीक्षामा राम्रो अंक ल्याउन मद्धत गर्ने शिक्षा शाखाले जनाएको छ ।नगरपालिकाले सामुदायिक विद्यालयहरुमा शिक्षा सुधारको असल अभ्यासकै रुपमा यसलाई अघि बढाउन खोजेको नगर प्रमुख भरत कुमार थापाले बताए । यी परीक्षाको मूल्यांकनलाई उपचारात्मक र सुधारात्मक कक्षामा जोडेपछि कक्षा कोठाको सिकाइ स्तर आफै बढ्ने गरेको अनुभव भएको नगरप्रमुख थापाले बताए ।
अन्तिम परीक्षा अगावै शुरु गरिएको शनिवार विदाको दिनको परीक्षा पुर्व तयारी अभ्यास स्वरुप परीक्षाले एकातिर अन्तिम परीक्षाको तयारी राम्रो भएको र अर्कोतर्फ उपचारात्मक कक्षा चलाउनुपर्ने विद्यार्थीहरुको पहिचान गर्न सकिएको विद्यालयका प्रधानाध्यापकहरुको भनाई छ । उनीहरुका अनुसार शनिबार र विदाको दिन परीक्षा पुर्व तयारी अभ्यास स्वरुप परीक्षा लिन थालेपछि विद्यार्थीहरु पढ्नमा ध्यान दिन थालेका,शिक्षकहरुले पनि कक्षाकोठामा पनि मिहिनेत गर्न थालेका छन् ।
हप्तैपिच्छे परीक्षा पुर्व तयारी अभ्यास स्वरुप परीक्षा लिइँदा विद्यार्थीमा रहेको परीक्षा प्रतिको डर ह्वात्तै घटेको तथा विद्यार्थीहरुमा अनुशासन र पढाइ प्रतिको आकर्षण बढेको शिक्षकहरुको भनाई छ ।
‘शनिवार र विदाको दिन लिईने परीक्षा पुर्व तयारी अभ्यास स्वरुप परीक्षाबाट कमजोर विद्यार्थीहरु पत्ता लगाएर छुट्टै उपचारात्मक कक्षा चलाएपछि विद्यार्थीहरु मात्र नभई अभिभावकहरु पनि खुशी हुन थालेका’ नगर शिक्षा शाखाले जनाएको छ ।
बागमती नगरपालिका भित्र ५ वटा माध्यमिक तह र २० वटा आधारभूत तह गरी २५ वटा सामुदायिक विद्यालय रहेका छन्। सामुदायिक विद्यालयलाई अभिभावक एवम विद्यार्थीहरुको पहिलो रोजाइ बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन र सुधारका प्रयास गर्दै आएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताईन् ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech