चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोको मसान घाटमा समेत गिद्धेनजर

169 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिका ४ स्थित रहेको करिब ३ बिघाको मसान घाटलाई गाउँपालिकाले बजेट व्यवस्थापन गरी अतिक्रमण गरेको रहस्य बाहिरिएको छ।परपुर्वकाल देखि उत्त स्थानमा दह संस्कार गर्ने गरिएको र यस अघिका गाउँपालिका अध्यक्ष महेन्द्र महत्तोले गाउँपालिका भित्रको ऐलानी प्रति जमिनको संरक्षण गरेका भएपनि पछिल्लो समय चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महत्तो आएप्छि गाउँपालिकाकै ना १ ग ७३० नम्बरको जेसिवी प्रयोग गरी माटो भरेर अतिक्रमण गरेको रहस्य बाहिरिएको हो ।

WhatsApp Image 2025-11-26 at 10.52.02 AM.jpeg
चन्द्रनगर गाउँपालिका ६ का छठ्ठु ठाकुरको स्वमीत्वमा रहेको करिब ३ बिघा ऐलानी प्रति जमिन चन्द्रनगर गाउँपालिकाले यस अघिका गाउँपाकिला अध्यक्ष महेन्द्रले बजेट व्यवास्थापन गरी संरक्षण गरेका भएपनि हालका गाउँपालिका अध्यक्ष राज कुमारको मिलेमतोमा करिब १ बिघा जमिन अतिक्रमण गरी स्थानीय खेमराज महतोलाई भोग चलन गर्न दिएका रहस्य बाहिरिएको हो ।
उत्त मसान घाट अतिक्रमण गर्न थालेपछि स्थानीय गई रोक्न खोज्दा गाउँपालिका अध्यक्ष राजकुमारले स्थानीयलाई धम्की लगाएका समेत पाइएको छ।गाउँपालिका अध्यक्ष महत्तोका आफन्त पर्ने खेमराजले भोग चलन गरेको उत्त जमिनमा अहिले धान खेती गरिएको छ ।
यता,सो सम्बन्धमा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महत्तोलाई फोन गर्दा उनको फोन उठेन।भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको मोवाईल अफ छ ।त्यस्तै,गाउँपालिका अध्यक्ष महत्तोले खाना पकाउने,कपडा धुनेदेखि चालक र व्यत्तिगत सुरक्षा गार्ड समेत गाउँपालिकाबाट तलब भक्ता भुक्तानी गर्ने गरी लिएका समेत स्रोतको दाबी छ ।

सम्बन्धित समाचार